Saturday, October 1, 2016

गोडारमा देवी भागवत तथा प्रवचन कार्यक्रम हुने

कावासोती, असोज १५
विजया दशमीको अवसर पारेर नवलपरासीको कावासोती १५ गोडारमा देवी भागवत तथा प्रवचन कार्यक्रम हुने भएको छ ।
शिवशक्ति नवदुर्गा अध्यात्मिक प्रतिष्ठानको आयोजनामा भोलिबाट कार्यक्रम शुरु हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा देवी भागवत आयोजक समितिका संयोजक युक्त प्रसाद गौडेलले प्रतेक वर्ष संचालन गर्दै आएको देवी भागवत कार्यक्रमलाई यस वर्ष अझै व्यवस्थित र व्यापक बनाउन लागिएको जानकारी दिनुभयो ।
भोलीबाट २४ गतेसम्म देवी भागवत पाठ संगै कथा ,प्रवचनको कार्यक्रम समेत गरिने गौडेलले जानकारी दिनुभयो । भोली विहान ७ बजे कलशयात्रा निकालिने र उद्घाटन गरिने छ भने असोज २२ गते दुर्गा भवानीको मुर्ती  प्राणप्रतिष्ठा र समाजसेवि विष्णु कुमार कर्कीबाट उद्घाटन गरिने छ ।
प्रतिष्ठानका संरक्षक श्यामशुन्दर अमात्यले प्रदान गर्नुभएको २ कठ्ठा जग्गामा निर्माण भैरहेको मन्दिरमा आवश्यक भौतिक  संरचना निर्माण गर्न आर्थिक संकलन गर्ने लक्ष्य राखेर भागवत तथा प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम समपन्न गर्न करीब १ लाख २५ हजार रुपैया लाग्ने र करीब १० लाख रुपैया आम्दानी हुने लक्ष्य राखिएको गौडेलले बतानुभयो ।
पत्रकार सम्मेलन आयोजक समितीका संयोजक युक्त प्रसाद गौडेलको अध्यक्षतामा भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal