Saturday, October 1, 2016

सहकारी ऋण लिने माध्यम मात्रै बन्यो

कावासोती, असोज १५
पछिल्लो समय सहकारीलाई ऋण उपलब्ध गराउने  माध्यमका रुपमा मात्रै हेरिन थालिएको भन्दै एक कार्यक्रमका सहभागिहरुले चिन्ता व्यक्त गरेका छन ।
नवलपरासीको कावासोती ८ स्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाको आठौ वार्षिक साधारण सभामा बोल्दै सहभागिले ऋण पाईन्छ भनेर नै एउटै व्यक्ती धेरै सहकारीमा आबद्ध हुने परिपाटी बस्दै गएकोले यसले सहकारीको विकासमा बाधा पुर्याउने बताएका थिए ।
यस्तै उनीहरुले सकारीहरु ख्ुाल्नेक्रम बृद्धि हुदै जादा सहकारीप्रति विश्वश्नियता समेत घट्दै गएकाले र संस्था घाटामा समेत परिरहेको र खारेजीमा समेत परिरहेकाले अब सहकारीलाई मर्ज गर्नतर्फ पनि लाग्नुपर्नेमा सहभागिले जोड दिएका थिए ।
कार्यक्रममा नया कृषि अभियान सहकारी संस्था नवलपरासीका अध्यक्ष दुर्गादत्त भण्डारी , कावासोती कावासोती नगर विकास समितीका अध्यक्ष नारायण तिमिल्सिना ,खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विष्णु प्रसाद भुषाल संस्थाका सल्लाहाकार डाक्टर गोपल खनाल लगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष उदयराज भण्डारीको अध्यक्ष तथा संस्थापक सदस्य चन्दा पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष भण्डारीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिवाकर शर्मा पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुमोदन समेत भएको छ  ।
कार्यक्रममा नियमित बचत, मासिक बचत, उत्कृष्ट सेयर सदस्य , बाल बचत उत्कृष्ट कर्जा , उत्कृष्ट लघुवित्तीय महिला समुह र जेष्ठ नागरिक  गरि ११ जनालाई सम्मान समेत गरिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal