Friday, April 8, 2016

सामुहिक बलात्कार गर्नेलाई कारवाही गर्न चौतर्फी दबाब। बलात्कारीलाई कारवाही गर्न माग गर्दै सडकमै पत्रकार सम्मेलन

कावासोती, २६ चैत्र । १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने अभियुक्तहरु पक्राउ गरी कारवाहीको दायरामा ल्याउन प्रहरीमाथि चौतर्फी दबाब परेको छ ।
घटनाको एक साता वितिसक्दा पनि दोषी पक्राउ पर्न नसकेपछि प्रहरीमाथि चौतर्फी दबाब परेको हो। महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, बालअधिकारकर्मी, विद्यार्थी, स्थानीय बासिन्दा लगायतले चौतर्फी दबाब दिएका हुन्।
गएको विहिवारराति ती बालिकालाई ३ जना युवाहरुले सामुहिक बलात्कार गरेका थिए। घटनापछि उनीहरु पmरार रहेका छन्। दोषीलाई पक्राउ गरी कानुनी कारवाही गर्नका लागि नवलपरासीका महिला अधिकारकर्मीहरुले दिनहु प्रहरी प्रशाशनलाई दबाब दिईरहेका छन ।
प्रहरी चौकीबाट करिब ३ किलोमिटरको दुरीमा घटेको घटनाको दोषी प्रहरीले चाहेको भए तुरुन्तै पक्राउ गर्न सक्थ्यो प्रहरी प्रशाशन राजनैतिक दबाब र पैसाको आडमा दोषीलाई पक्राउ गर्न हिच्किचाईरहेको पीडीत पक्षको आरोप रहेको छ ।
घटना घटेपछि पनि पीडक पक्षबाट घटनालाई समाजमै मिलाउन भन्दै प्रलोभन समेत देखाएको पीडित पक्षका आफन्तहरुले बताएका छन्।
दिनहूँ पीडित पक्ष र महलिा अधिकारकर्मी प्रहरीमा दोषीलाई पक्राउ गर्न दबाब दिईरहेका छन्।
पीडित पक्षले भने दोषीलाई आफन्तले नै संरक्षण गरिरहेको आरोप लगाउदै आएका छन ।
पीडित बालिकालाई संरक्षणमा राखिएको छ। उनले राम्रँेसंग खाना समेत नखाईरहेकोले स्वास्थ्यमा कमजोरी देखिएको र बालिकाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पीडित बालिकाका आफन्तहरुले बताएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीका अनुसार डाक्टरी रिपोर्ट आइसकेको बताए । घटनास्थलबाट युवाहरुको सर्ट पाईन्ट, जुत्ता समेत बरामद गरिएको छ।
दोषीलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउने प्रहरीलाई दबाब बढेपछि प्रहरीले घटनाको अनुसन्धान भईरहेको र फरार अभियुक्तको खोजी कार्य तीब्र पारिएको जनाएको छ ।
नवलपरासीको कावासोतीमा १३ बर्षीया बालिकालाई सामुहकि बलात्कार गर्ने ३ जना अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् ।
गत विहीबार चैत्र १८ गते सांझ बालिकामाथि सामुहिक बलात्कार भएको थियो । बालिकालाई बलात्कार गर्ने ३ जना अभियुक्तको नाममा पीडितका आफन्त र स्थानीयले किटानी जाहेरी दिएको भए पनि उनीहरु भने अझै पक्राउ पर्न नसकेको हो ।
यसैबीच नवलपरासीको कावासोतीमा १३ बर्षीया बालिका माथि भएको घटनाको दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार महिला अधिकारकर्मीहरुले सडकमै पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलनमा तीन दिन भित्र दोषीलाई कारवाही गर्न माग गर्दै तीन दिन भित्र दोषी पक्राउ नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ।
कावासोतीको फलफूल चोकमा पत्रकार सम्मेलन गरिएको थियो । उनीहरुले दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउनु पर्ने, बालिकाको स्वास्थ्य अवस्था विग्रिएको भन्दै राज्यले निशुल्क उपचार गर्नु पर्ने, पीडित परिवारलाई पीडकका आफन्तहरुले बेलाबेलामा मानसिक तनाव दिने गरेकोले पीडितका परिवारको संरक्षण र सुरक्षाको व्यवस्था हुनु पर्ने लगायतका माग गरेका थिए ।
संयुक्त संघर्ष समितिका संयोजक सरिता लामिछानेले दोषीलाई कारवाही गर्न प्रहरी, प्रशासनले तदारुकता नदेखाएको भन्दै सक्रिय भएर लाग्न समेत प्रहरी प्रशासनलाई आग्रह गरे।
यसैबीच नवलपरासीको कावासोतीमा रहेको महिला अधिकारकर्मी तथा बालअधिकारकर्मीहरुको शुक्रबार कावासोतीमा बसेको भेलाले दोषीलाई कारवाही दिलाउने र पीडित बालिकालाई न्याय दिलाउनका लागि दबाब दिन सरिता लामिछानेको संयोजकत्वमा १६ सदस्यीय संयुक्त संघर्ष समिति समेत गठन गरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal