Friday, April 8, 2016

आवश्यक ऐन कानुन नबन्दा निर्माणको काममा समस्या

पप्पु रेग्मी
परासी, २६ चैत्र । नयां संंविधान निर्माणको काम सकिए पनि आवश्यक ऐन कानुन बन्न नसक्दा निर्माय कार्यले गति लिन नसकेको निर्माण ब्यावसायी महासंघका केन्द्रीय अध्यक्षले सरदकुमार गौचनले बताउनु भएको छ ।
निर्माण ब्यावसायी संघ नवलपरासीको १६ औ साधारण सभा तथा १० अधिवेशनको उदघाटनका क्रममा शुक्रवार महासंघका केन्द्रीय अध्यक्ष सरद कुमार गौचनले सो कुरा बताउनु भएको हो।
गौचनले देश भुकम्प र नाकाबन्दीले थिलोथिलो परेको आजको अवश्थामा सरकारले ब्यावसायी मैत्रि ऐन कानुन ल्याउनु पर्ने बताउनु भएको छ । निर्माण ब्यावसायी देशको मेरुदण्ड भएकाले सरकारले देश बनाउने हो भने सार्वजनिक खरिद ऐन संसोधन गरी ब्यावसायीले राम्रो रेटमा काम पाउने बातावरण मिलाउनु पर्दछ ।
निर्माण व्यवसायी संघ नवलपरासीका अध्यक्ष माधव घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बक्ताहरुले सरकारले राष्ट बनाउने हो भने पहिला ब्यावसायीहरुलाई स्थापित गराउन आवश्यक रहेको बताउनु भएको छ ।
जिल्ला अध्यक्ष माधव घिमिरेले राजनैनिक पार्टीका नेताहरुले निर्माण ब्यावसायिहरुसंग पहिला पैसा लिने र पछि निर्माणको काम कमसल भयो भन्दै निर्माण ब्यावसायीहरुलाई गाली गर्ने काम रोक्नु पर्ने बताउनु भयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal