सुनवल, २६ चैत्र ।
नवलपरासीको सुनवलमा रहेको मातृभूमि बहुउद्धेश्यीय सहकारी संस्था सुनवल ३ खैरहनीको आयोजनामा सहकारी शिक्षा सम्बन्धि २ दिने तालिम शुरु भएको छ ।
सस्थाका अध्यक्ष भोदराज भण्डारीको अध्यक्षतामा तथा सहकारी डिभिजन कार्यालयका प्रमुख बासुदेव भटराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
तालिममा सस्थाका अध्यक्ष भण्डारीले तालिमको विषयहरुको बारेमा जानकारी दिनुभएको थियो भने सस्थाका व्यवस्थापक प्रभुप्रसाद कुम्हालले सहकारी सस्थाको उद्देश्य, निति तथा कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा ३० जनाको उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment