Saturday, May 14, 2016

युवा संघको स्थापना दिवसमा निशुल्क स्वास्थ्य शिविर

नवलपरासी, १ जेठ ।
युवा संघ नेपाल नवलपरासीले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार नवलपरासीको धौवादी २ जुकेपानीमा निशुल्क स्वास्थ्य शिविर गरेको छ।
नवलपरासीको पहाडी क्षेत्र जुकेपानीमा गरिएको स्वास्थ्य शिविरमा एक सय १० जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको र ती मध्ये ७ जनालाई निशुल्क उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा उपचारका लागि पठाइएको युवा संघ नेपाल नवलपरासीका अध्यक्ष गोपीकृष्ण शर्माले बताए ।
युवा संघ नेपाल र स्वास्थ्यकर्मी संघ नवलपरासीको सहआयोजनामा भएको शिविरमा नाक, कान, घाँटी र छालासम्बन्धी स्वास्थ्य परिक्षण गरिएको हो ।
कार्यक्रम डा. छविलाल थापाले स्थानीय रामप्रसाद भण्डारीको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन  गरेका थिए।
कार्यक्रममा डा. छविलाल थापा, स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य जागेश्वर भुसाल र धौवादी गाविसका पूर्व गाविस अध्यक्ष झविलाल राना लगायतले बोलेका थिए ।
कार्यक्रम युवा संघ नेपाल नवलपरासीका सदस्य सुशिल पौडेलको सञ्चालनमा भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal