Saturday, May 14, 2016

भवन निर्माण उपभोक्ता समिति गठन

कावासोती, १ जेठ ।
नवलपरासीको कावासोतीमा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समितिको कार्यालयको सभाहलमा कावासोतिको युवा क्लबले आज गरेको सर्वपक्षीय भेला गरी भवन निमार्ण गर्न अनुगमन समिति र भवन निर्माण उपभोक्ता समिति गठन गरेको छ ।
उतm अनुगमन समितिमा शिवलाल श्रेष्ठ संयोजक, सदस्यमा पार्वती गुरुङ,बाबुराम पोख्रेल,तुलसि न्यौपाने,कृष्ण कुमार सिग्देल लगाएतको अनुगमन  समिति गठन गरेको छ ।त्यस्तै गरि आजको कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिमा अध्यक्षमा पपि राम लामिछाने ,कोषध्यक्ष सचिव नारायणी न्यौपाने,कोषाध्यक्षमा  टिका न्यौपाने ।सदस्यमा इश्वर पोख्रेल, मिठु मायां गिरि ,इश्वर तामाङ, किरण राई,पुर्ण बहादुर वि,क  रिता श्रेष्ठ लगाएलको भवन निर्माण उपभोक्ता समितिगठन गरेको छ ।
उतm कार्यक्रममा भवन निमार्णको लागि पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा र ३ टोल जसमा बद्धटोलका अध्यक्ष बुद्धि बहादुर गुरुङ,मनकामना टोलका अध्यक्ष मान बहादुर गुरुङ र लुम्बिनि कलेज टोलका अध्यक्ष धन बहादुर पुनको समायोजनमा इलाका प्रहरि कार्यालयको पछाडिको जग्गा र लुम्बिनि क्यामपस सम्मको जग्गा उपलब्ध गराउनको लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।
उतm कार्यक्रममा २०७१ ७२ सालमा गरिएको सास्कुतिक कार्यक्रबाट उठन बाकि रहेको रकम सम्पुर्ण चन्दा दाताले घोषण गरेको रकम सहयोग गर्न बुद्ध टोलका अध्यक्ष बुद्धि बहादुर गुरुङले आग्रह गर्नुभएको छ ।उतm कार्यक्रम कार्यालयका सचिव हरि प्रसाद सिग्देलले संञ्चालन गर्नुभएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal