Saturday, May 14, 2016

१३ बर्षीया बालिकालाई बलात्कार गर्ने तीनै जना पुर्पुक्षका लागि थुनामा



रामकुमार श्रेष्ठ
नवलपरासी, १ जेठ। नवलपरासीको कावासोतीका १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने तीन जना पुर्पुक्षका लागि थुनामा पठाएको छ ।
गत चैत्र १८ गते कावासोतीमा १३ बर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका तीन जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले तीन साता लगाएर पक्राउ गरी मुद्दा चलाएको हो।
इलका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक प्रकाश सिंखडाका अनुसार जिल्ला अदालत परासीले फैसला नसुनाउन्जेल सम्मका लागि पुर्पुक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
बलात्कार घटनाका मुख्य योजनाकार कृष्ण महतो, विनोद गुरुङ र केशव थापा  गरी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो। ३ जना मध्ये महतोलाई विराटनगरबाट, गुरुङलाई कावासोतीको थकाली चोकबाट र थापालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
गत चैत्र १८ गते साझ कावासोतीकी १३ वर्षया वबलिकालाई ३ जनाले सामुहिक बलात्कार गरेर फरार भएका थिए।
तीन जनालाई अदालतले दोषी ठहर गरेमा कम्तिमा पनि १२ बर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेको छ । घटनाको मुद्दा प्रक्रिया अगाडि बढीसकेपनि अझै बालिकाका आफन्तलाई पीडित पक्षले विभिन्न प्रलोभन देखाएर मुद्दा फिर्ता लिन दबाब दिने गरेका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal