Monday, May 23, 2016

मुलकलाई निकास काँग्रेसले दिन्छ: पौडेल

रामकुमार श्रेष्ठ
नवलपरासी, १० जेठ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले देशलाई नेपाली कांग्रेसले मात्र निकास दिन सक्ने बताएका छन् ।
उनले देशलाई उचित निकाश दिनु पर्ने बेला आएको र त्यसका लागि कांग्रेसले निकाश दिने बताएका हुन् ।
सोमबार रिपोर्टस क्लब नवलपरासी शाखाले परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै  नेता पौडेलले मधेषका जायज मागलाई सम्बोधन गर्न र आन्दोलरत पक्षलाई सरकारसंग सहमति गराउन काँग्रेस अघि बढ्ने बताएका हुन् ।
सरकारले जनताको उत्तरदायीत्व वहन गर्न नसकेको टिप्पणी गर्दै नेता पौडेलले अब काँग्रेस लोकतन्त्रलाई संस्थागत गर्न साथै संविधान कार्यान्वयनतर्फ लाग्ने बताए ।
भुकम्प पडितहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउदै नेता पौडेलले  देशमा भष्ट्राचार,  महंगी  र कालोबजारी मैलाउदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
सरकारले स्थानीय निर्वाचन घोषणा गरेर उल्टो बाटो हिड्न खोजेको आरोप लगाउदै नेता पौडेलले मुलक संघीयतातर्फ उन्मुख भएकाले सबै दल मिलेर  संघिय संरचना अनुसार  गाउँपालिका र नगरपालिकाको निर्वाचनतर्फ लाग्नुपर्ने बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal