Monday, May 23, 2016

सिजी कपको उपाधि अभिषेक चर्च रजहरलाई

कावासोती, १० जेठ । नवलपरासीको दुम्किबासमा भएको सिजी कपको उपाधी अभिषेक चर्च रहजरले जितेका छ ।
आजोजक सुँनटाडी युवा क्लब ए दुम्किबासलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै अभिषेक चर्च रजहरले जितेको हो ।
सुनटांडी युवा क्बल दुम्किबासको आयोजनामा भएको सिजी कप फुटबल प्रतियोगितामा नवलपरासी, रुपन्देही र चितवन गरी ३ जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । बैशाख २५ गतेदेखि भएका प्रतियोगिताका उपाधि विजेताी रहजरले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदका पुरस्कार प्राप्त गर्यो भने उपबिजेता बनेको आयोजकले ५१ हजार प्राप्त गरेको थियो ।
स्थानीय क्षेत्रमा खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रमेश गौतमले बताए।
प्रतियोगितामा बिजयी हुने समूहलाई एन्फाका केन्द्रिय सदस्य प्रकाश पंगेनीले पुरस्कार वितरण गरे । पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार आले, सिजि सिमेन्टका प्रमुख दामोदर पौडेल लगायतले शुभकामना राखेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal