Monday, May 23, 2016

एमाले नेताको करेन्ट लागेर मृत्यु

नवलपरासी, ११ जेठ ।
नवलपरासीको जहदा १ मझौनीमा एक जनाको करेट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नवलपरासीको जहदा मझौनी बस्ने ५५ वर्षीय परशुराम चौधरी थारुको करेट लागेर मृत्यु भएको हो । चौधरी नेकपा एमाले नवलपरासीका जिल्ला सचिवालय सदस्य एवम क्षेत्र नं. ५का इन्चार्ज समेत हुन् ।
आफ्नै खेतमा मोटरबाट पानी सिचाइ गर्ने क्रममा करेट लागेर घाइते भएका चौधरीको उपचारकोे लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मृतक थारुको शवलाई नेकपा एमालेको जिल्ला पार्टी कार्यालय परासीमा श्रद्धाञ्जली अर्पण गरिएकोछ । श्रद्धान्जलि अर्पण गरेपछि उनको शव परिवारको जिम्मा लगाई पारिवारिक संस्कार अनुसार दाहसंस्कार गरिने नेकपा एमाले नवलपरासीका अध्यक्ष रोसन गाहाले बताए ।
त्यस्तै नवलपरासीको देवचुली नगरपालिका १ नारायणी किनारमा एक जना पुरुषको वेवारिसे शव फेला परेको छ । सडिसकेको अवस्थामा भेटिएको अन्दाजी ६० बर्षीय पुरुषको शव नगरपालिकालाई जिम्मा लगाएर गाडिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
रामकुमार श्रेष्ठ । नवलपरासी

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal