Saturday, September 17, 2016

दाउन्ने साप्ताहिकको सातौं बार्षिकोत्सव तथा कृति विमोचन सम्पन्न

शोभा जिसी

कावासोती, १ असोज । दाउन्ने साप्ताहिकको सातौं बार्षिकोत्सव आज कावासोतीमा भएको छ । नवलपरासीको कावासोतीबाट प्रकाशन भईरहेको दाउन्ने साप्ताहिकको सातौं बार्षिकोत्सवको अवसरमा सदानन्द अभागीबाट लिखित कृति सिंहबाहिनी महाकाव्यको विमोचन समेत गरिएको थियो ।
कृतिको पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवले विमोचन गरेका थिए । सिहंबाहिनी महाकाव्य दाउन्ने साप्ताहिकले प्रकाशनमा ल्याएको हो ।
दाउन्ने साप्ताहिकका प्रकाशक रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दाउन्ने साप्ताहिकलाई स्थापनाकालमा सहयोग गर्ने पूर्वसभासद सीता बौडेल, चिनक कुर्मी, सहयोगी मोति रिजाल, अनुप बराल, दाउन्ने साप्ताहिकका संस्थापक सम्पादक डा. शिवशंकर बस्याल र दाउन्ने साप्ताहिकका नियमित लेखक लक्ष्मीप्रसाद पंगेनीलाई सम्मान गरिएको थियो ।

सम्पादक गोपी ज्ञवालीको संञ्चालन र कार्यकारी सम्पादक हरिषचन्द्र पोख्रेलको स्वागतमा भएको कार्यक्रममा पूर्वराज्य मन्त्री घनश्याम यादव, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किसान गैरे, नेकपा क्रान्तिकारी माओवादीका पिताम्बर तिवारी, पूर्वसभासद सीता बौडेल, चिनक कुर्मी, सहयोगी मोति रिजाल, अनुप बराल, दाउन्ने साप्ताहिकका संस्थापक सम्पादक डा. शिवशंकर बस्याल, प्रेस स्वतन्त्रता सेनानी लालकुमार भट्टराई, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मा, प्रेस युनियन नवलपरासीका अध्यक्ष श्रीराम सिग्देल, क्रान्तिकारी पत्रकार महासंघका रवि पाण्डे, प्रेस चौतारी नवलपरासीका सचिव सागर पोख्रेल, प्रेस सेन्टर नवलपुरका सचिव अर्जुन अविरल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यका दिपक सोती, कृष्णादेवी शर्मा श्रेष्ठ लगायतको सभागिता रहेको थियो । 
 








 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal