प्रेमचन्द रौनियार
नवलपरासी। नवलपरासीको त्रिवेणी घाटमा निर्माण हुने पौवा (ट्रस्ट) को शिलन्यास भएको छ ।
नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवाको शिलन्यास गरेका हुन । शिलन्यास कार्यक्रममा बोल्दै महासचिव पोखरेलले स्थानिय स्तरमा सरकारी निकायले निर्माण गर्नुपर्ने पूर्वाधारलाई युवा सक्रियातामा निर्माण हुनु सकारात्मक कदम भएको बताए । उनले एमाले पार्टि जनताप्रति उत्तरदायि भएको पौवा निर्माण एउटा उदाहरण भएको बताए ।
नेकपा एमाले र युवासँघ नेपाल क्षेत्र नम्बर ६ नवलपरासीको सँयुक्त पहलमा पौवा निर्माण गर्न थालिएको युवा सँघ नेपाल क्षेत्र नम्बर ६ का अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष) ले जानकारी दिए ।
त्रिवेणी घाटमा दाह सँस्कार गर्नेहरुको चाप बढदै गएको र सागर जानेहरुको लागि घामपानीबाट ओतलाग्ने समेत कुनै सुविधा नभएकोले ‘युवासँघमा आवद्धता, सामाजिक काममा प्रतिवद्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै पौवा निर्माणमा युवा शक्ति क्रियाशिल भएको उनले बताए ।
पौवा निर्माणको लागि करिव ८ लाख खर्च लाग्ने र निर्माणकार्यमा लाग्ने खर्च सहयोग उठाएरै पुरा गरिने एमाले क्षेत्र नम्बर ६ का अध्यक्ष राम प्रसाद अर्यालले बताए ।
शिलन्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरी लगायत कार्यकर्ता र स्थानियहरुको उपस्थिती रहेको थियो ।

Post a Comment