Friday, September 16, 2016

थारु मुक्ति मोर्चाको भेला सम्पन्न

बर्दघाट ३१ भदौ । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल थारु मुक्ति मोर्चा जिल्लाको भेला शुक्रबार बर्दघाटमा भएको छ ।
बर्दघाटमा भएको भेलाले दुर्गा चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा शिवराम महतो, सचिवमा हरिया महतो, कोषाध्यक्षमा लिला चौधरी, उपसचिवमा पुरन चौधरी चयन भएका छन् ।
भेलामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, जिल्ला सेक्रेटरी संकल्प लगायतले बोलेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal