Monday, September 5, 2016

मानव वेचविखन रोक्न हातेमालो गर्नु पर्नेमा जोड

ज्ञानु पंगेनी

 
नवलपरासी, २० भदौ । मानव वेचविखन तथा ओसार पसार विरुद्धको दशौ राष्ट्रिय दिवस सोमवार नवलपरासीमा पनी मनाईएको छ ।
मानव वेचविखन तथा ओसार पसार विरुद्धको जिल्ला समिती नवलपरासी र महिला तथा बालबालिका कार्यालय नवलपरासीको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा सदरमुकाम परासीमा प्रभातफेरीको आयोजना गरि दिवस मनाईएको हो ।
क्रियाशिल पत्रकार महिला नवलपरासी ,  माईती नेपाल , सेलर्ड , सुरक्षित आप्रवासन सुचना तथा परामर्श  केन्द्र , साना हातहरु नेपाल लगायतका संस्थाहरुको सहकार्यमा  परासीको बुद्धचोकबाट निस्केको प्रभातफेरी विद्युत् कार्यालय पुगेर पुन ः बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सभामा बोल्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मानव वेचविखनको विरुद्ध सरोकार राख्ने सरकारी र गैरसरकारी संघसंस्थाहरु मिलेर हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताएका छन ।
उनले दिवसको एकदिन मात्रै कार्यक्रम गरेर भन्दा पनी  सरोकार राख्ने सबै मिलेर वर्षैभरी जनचेतना मुलक कामहरु गर्नुपर्ने बताए ।
पछिल्लो समय मानिसलाई विभिन्न वाहानमा अन्य मुलुकमा पुर्याएर कामहरु लगाउनेक्रम बढेकोले यसलाई रोकथाम गरि सु संस्कृत समाज निर्माणकालागी ठोस कदम चाल्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
यस्तै महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख उर्वरा लुईटेलले अझैपनी विभिन्न प्रलोभन देखाएर मानव वेचविखन हुने गरेको र समयको परिवर्तन संगै नया नया तरिकाबाट मानव वेचविखनको  काम हुने गरेकोले सबैको सहकार्यमा मात्रै यसको रोकथाम गर्न सकिने बताईन ।
नवलपरासी जिल्ला भारतसंग सिमा जोडिएको जिल्ला भएकाले मानव वेचविखनकालागी ओसार पसार गर्ने थलोका रुपमा परिणत हुदै गैरहेकोमा  सहभागीले चिन्ता व्यक्त गरेका थिए ।
जिल्लाको महेशपुर , त्रिवेणी , रामपुर खडौना , झुलनीपुर  भुजहवा लगायतका  सिमावर्ती क्षेत्रबाट महिला तथा बालबालिकाहरु भारत लगायत खाडी मुुलुकसम्म पुर्याउने बाटो बनेको माईती नेपाल बर्दघाटकी माया क्षेत्रीले बताईन । सिमामा रहेको  माईती नेपालको  आवधिक गृहका सिमा निगरानीकर्ताहरुले  दिनहुजसो महिला तथा बालबालिकाहरुलाई उद्धार गर्ने गरिएको उनको भनाई छ ।
खासगरि जिल्लाका भित्री मधेशमा पर्ने गाविस र  ग्रामिण क्षेत्र एवम् देशका अन्य जिल्लाहरुबाट पनि दलालहरुले विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाने गरेको क्षेत्रीले बताईन ।
खासगरि भारतका विभिन्न डान्स वारमा नृत्य गर्नका लागि  (आर्केष्टा ) को लागि बालबालिकाहरु जिल्लाको सिमावर्ती क्षेत्रबाट ओसार पसार हुने गरेको उनले जानकारी दिईन ।
अनाथ, असाहाय , आमा नभएको तथा वावु नभएका , सौतेनी आमा भएका बालबालिकाहरुलाई फकाई फुकाई गरि दलालहरुले भारतमा लैजाने गरेको पाईएको उनले बताईन ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal