Sunday, September 4, 2016

युवा संघले त्रिवेणीघाटमा पौवा बनाउने

श्याम थापा मगर

त्रिवेणी । नवलपरासीको त्रिवेणी घाटमा नेकपा एमाले र युवा संघ नवलपरासी क्षेत्र नं. ६ ले पौवा निर्माण गर्ने भएको छ ।
“युवा संघमा आवद्धता सामाजिक काममा प्रतिवद्धता “भन्ने उद्देश्यका साथ त्रिवेणीघाट जाँदा मलामीहरुलाई चर्को घाम र पानीबाट निकै सास्ती खेप्नु परेको कारण पौवा निर्माण गर्न थालेको हो ।
नेकपा एमाले नवलपरासी क्षेत्र नं ६ र युवा संघ नेपाल नवलपरासी क्षेत्र नं. ६ ले संयुक्त रुपमा घाट जाँदा मलामी वस्नको पौवा निर्माण गर्न थालेको हो ।
आठ लाखको लागतमा पौवा वनाउने र २ सोलार बतिको जडान गरी खानेपानीको घारा लगायतका पुर्वाघार निर्माण गर्नका लागि नेकपा एमाले क्षेत्र नं. ६ का अध्यक्ष रामप्रसाद अर्यालको अध्यक्षतामा ७ सदस्यिय मुल समिती र युवा संघ नेपाल क्षेत्र नं. ६ का अध्यक्ष  ज्ञानप्रसाद पाठक (सन्तोश) को अध्यक्षतामा ५ सदस्यीय निमार्ण समिति गठन गरेको छ ।
उक्त निर्माणकार्य तिहार अगावै सक्ने योजनामा रहेको युवा संघ नेपाल नवलपरासी क्षेत्र नं.६ का अध्यक्ष ज्ञानप्रसाद पाठक (सन्तोश) ले जानकारी दिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal