Monday, September 5, 2016

विद्युत महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्न शुरु

नवलपरासी, २० भदौ । नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले विद्युत महशुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्न शुरु गरेको छ ।
प्राधिकरण स्वास्थ्य संस्थादेखि वन कार्यालय लगायतका सरकारी कार्यालयहरुमा विद्युत महशुल नतिरेको भन्दै लाइन काट्न शुरु गरेको हो ।
प्राधिकरण कावासोतीले सेक्टर वन कार्यालय कावासोती, रजहर उपस्वास्थ्य चौकी, पितौजी हेल्थ पोष्ट, प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा, इलाका वन कार्यालय नयाँ बेलहानी, तमासपुर रेन्ज पोष्ट लगायतको कार्यालयमा विद्युत लाइन काटेको हो ।
सरकारी कार्यालयहरुबाट मात्रै एक करोड रुपैयां विद्युत महसुल उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण कावासोतीका प्रमुख उमेश प्रसाद यादवले बताए ।
उनले विद्युत महसुल समयमा नर्तिनेमा अधिकांश सरकारी कार्यालयनै रहेका छन् । स्वास्थ्य क्षेत्रमा ७० लाख, वन कार्यालयहरुबाट ७ लाख र अन्य कार्यालयहरुबाट करिब २० लाख रुपैया उठ्न बाँकी रहेको छ । सर्वसाधारणले ६० दिन भित्रमा महसुल नतिरे विद्युत मिटरनै झिकेर ल्याउने विद्युत कार्यालयले सरकारी कार्यालयलाई भने कारवार्हीको दायरामा ल्याउन नसकेको गुनासो आएपछि कार्यालयले लाईन काटेको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal