Friday, October 14, 2016

जीवन ज्योति उच्च माविको कार्यालयमा तोडफोड, कस्ले गर्छ पटक पटक विद्यालयमाथि आक्रमण



नवलपरासी, २९ असोज । 
नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको जीवन ज्योति उच्च माविको कार्यालयमा तोडफोड भएको छ । 
यस अघि पटक पटक आगलागीको घटनाको चपेटामा गरेको जीवन ज्योति उच्च माविमा यस पटक तोडफोड भएको छ । 
कार्यालयको ढोकाको ताला फोडी कार्यालयको दराजहरुको चापी तोडफोड समेत गरेको जीवन ज्योति उच्च माविका प्रधानाध्यापक अर्जुन कुमार श्रेष्ठले बताए । 
कार्यालयको ढोका र दराजको ताला फोडिएको भए पनि क्षतिको विवरण भने यकिन हुन बा“की छन् । 
विद्यालयमा भौतिक क्षति पुग्ने गरी पटक पटक आक्रमण हुने गरे पनि कुनै पनि बेला दोषी पत्ता लाग्ने गरेको छैन । जीवन ज्योति उच्च माविमा मात्रै पछिल्लो समय ३ पटक आगजनी भएको छ । 
त्यस्तै कावासोती ३ मै रहेको वच नेपाल विद्यालयमा पनि दुई पटक तोडफोड भएको छ । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal