Thursday, October 13, 2016

दुर्घटनामा एक युवकको मृत्यु

नवलपरासी, २८ असोज । पूर्वपश्चिम लोकमार्गको नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा गएराति भएको सवारी दुर्घटनामा परी एक जना युवकको मृत्यु भएका छ ।
पश्चिमबाट पुर्वतर्फ आईरहेको ना ५ ख ४०२९ न. को ट्रकले  बिपरित दिशा तर्फ जादै गरेको ना १४ प ६३८७ नं.को मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक नवलपरासीको देउराली गा बि स २ निवासी २७ बर्षीय दिपेन्द्र कुमालको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो । ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal