नवलपरासी, १ कात्तिक । संरक्षित एक सिंगे गैंडाको संरक्षणका लागि आयोजना गरिएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जगदम्बा लुम्बिनी विजयी भएको छ ।
सोमबार उद्घाटन खेलामा पिप्ले युथ क्लब हेटौडा मकवानपुरलाई १ का विरुद्ध ३ गोल गर्दै जगदम्बा लुम्बिनी विजयी भएको हो ।
जगदम्बा लुम्बिनीका लागि पूर्णबहादुर गुरुङ, मन्दिप थापा र अजित थापाले एक÷एक गोल गरेका थिए ।
मकानपुरका लागि राजिप प्रजापतिले एक गोल गरेका थिए । लुम्बिनीले अग्रता लिदै खेल अगाडि बढाएको लुम्बिनी जगदम्बा हेटौडा विरुद्ध हावी भएर खेलेको थियो ।
प्रतियोगिताका सोमबार वन मन्त्री शंकर भण्डारीले उद्घाटन गरे ।
खेलको उद्घाटन गर्दै वन मन्त्री शंकर भण्डारीले बन्यजन्तुको आक्रमणबाट घाईते तथा मृत्यु भएकालाई थप रकम उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।
नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा सोमबारबाट शुरु भएको राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन ।
मन्त्रि भण्डारीले बन्यन्तुको आक्रमणबाट घाईते तथा मृत्यु भएकालाई आफ्नै पहलमा घरमै पुगेर ५० हजार रुपैया दिने कामको शुरुवात भएकोले अब छिट्टै उक्त रकम बृद्धि हुने जनाएका छन । उनले कम्तिमा ५ लाखसम्म उपलब्ध गराउन आफुले पहल गर्ने जनाएका हुन ।
त्यस्तै मंगलबारको खेल लालबन्दी स्पोर्ट सर्लाही र आयोजकबीच हुने जनाएको छ ।
नन्दभाउजु उपभोक्ता समिति नवलपरासीको आयोजनामा हुने प्रतियोगितामा विभागीय टिम एपिएफ, संकटा क्लब, ब्याइज युनियन क्लब, झापा ११, नेपालगञ्ज ११, पोखरा ११ लगायतका १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले ३ लाख २५ हजार ५ सय ५५ रुपैयां र द्वितीय हुने समूहले १ लाख ६५ हजार ५ सय ५५ रुपैयां पुरस्कार राशी पाउने छन् ।
गैडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाहरुको सहभागिता बढाउने, खेलकुद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा वाह्य पर्यटक वृद्धि गर्ने लगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको फाइलन खेल कात्तिक १३ गते हुने छ ।

Post a Comment