कावासोती, २७ कात्तिक । विप्लवले नेतृत्व गरेको नेकपा माओवादीले आज सांझ ठाउं ठाउंमा रांके जुलुस निकालेका छन् । बन्दको पूर्व सन्ध्यामा बन्दलाई प्रचार गर्ने ढंगले उनीहरुले रांके जुलुस निकालेका हुन् । विप्लवका गतिविधिमा प्रहरीले निगरानी बढाउन थालेपछि उनीहरुले भित्री बजारहरुमा आज सांझ रांके जुलुस निकालेका थिए ।
यसैबीच आज सांझ बर्दघाटको जिमिरेभारमा निकालिएको जुलुसलाई प्रहरीले विथोलेको पत्रकार पप्पु रेग्मीले बताउनुभएको छ ।
त्यस्तै कावासोती थकाली चोक, बडेरा, केउरानी, जिमिरेभार, बन्जिरिया लगायतका स्थानमा रांके जुलुस गरिएको नेकपा माओवादी नवलपरासीका सेक्रेटरी पदम केसी जुझारुले बताउनुभयो ।

Post a Comment