कावासोती, २७ कात्तिक । एमाले समर्थित राष्ट्रिय स्वाथ्यकर्मी संघ नेपाल नवलपरासीको आज कावासोतीमा भएको दोश्रो अधिवेशनले पारेश्वर भुर्तेलको अध्यक्षातमा १८ सदस्यीय नया कार्य समिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा नरनाथ पाण्डे र कल्पना पौडेल चयन हुनुभएको छ ।
यस्तै सचिवमा चुडामणी नेपाल, सह सचिवमा लोकनाथ अर्याल, कोषाध्यक्षमा नविन पौडेल, सदस्यहरुमा विरवहादुर विश्वकर्मा, ईन्द्र महतो, चालकान्त सिग्देल, सुमन पन्त, शुशिला रिमाल, विष्णु ढकाल, कुसुम पाण्डे लगायत चयन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन शत्र नेकपा एमालेका जिल्ला अध्यक्ष रोशनवहादुर गाहाले स्वाथ्यकर्मीलाई सबैभन्दा राम्रो पेशाको रुपमा सम्मान आफुले सम्मान गर्ने बताउनुभएको थियो ।
राष्ट्रिय स्वास्थ्य कर्मी संघ नवलपरासीका अध्यक्ष छवि गिरीको अध्यक्षातामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने युक्तप्रसाद गौडेल, नारायण पन्थी, रामचन्द्र पौडेल, गोमा थापा, कमल नारायण र दया कोईराला लगायत १० जनालाई सम्मान गरिएको थियो ।

Post a Comment