Thursday, November 10, 2016

लागू औषध सहित पक्राउ

रामकुमार श्रेष्ठ

नवलपरासी, २६ कात्तिक । नवलपरासीको गैडाकोट प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
गएराति २ बजेको समयमा नारायणी नदी पुलमा झोलामा बोक्दै गरेको अवस्थामा ६ सय थान लागू औषध सहित नवलपरासीको कावासोती ८ निवासी २८ बर्षीय सुरज गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय गैडाकोटमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार फेनेरागन २ सय थान, टिटि एम २ सय ३० थान लगायतका लागू औषध सहित ६ सय थान लागू औषध बरामद गरिएको छ ।


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal