नवलपरासी, १२ फाल्गुन ।
नवलपरासीको देबचुली नगरपालिकामा भईरहेको प्रथम ऐतिहासिक देबचुली महोत्सबको छैठौं दिन बिभिन्न कार्यक्रमहरु संचालन भएका छन् ।
छैठौं दिनसम्म आईपुग्दा करिब २ करोडको आर्थिक कारोबार भएको प्रचार प्रसार समिती संयोजक सुर्यप्रसाद दवाडीले बताउनुभएको छ । उहांले महोत्सव सोचेभन्दा बढी दर्शकहरु आएको समेत बताउनुभयो ।
हिजो राष्ट्रिय लोक तथा दोहोरी गायक रामजी खाँणले नचाएका थिए । खाँणले आफ्नो गीत यो संसारको रित बोलको गित गाउदा हजारौं दर्शक गायक खाँणसंगै नाचेका थिए ।
उनले करिब १ दर्जन गित गाएका थिए ।
त्यस्तै कार्यक्रममा लोक दोहोरी गायक बद्रि पंगेनी, नारायण राईमाझी, तेज बहादुर केसी, अमर बिरहि गुरुङ्ग, पुरुषोत्तम न्यौपाने यस्तै गायिका जानकी तारमी मगर, उमा गिरी लगायतको प्रस्तुती रहेको थियो ।
त्यसैगरी हिजो प्राबि स्तरिय नृत्य प्रतियोगिता समेत भएको छ ।
स्थानीय स्तरका विद्यार्थी भाईबहिनीका प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले महोत्सबमा सो प्रतियोगिता आयोजना गरिएको हो । नृत्य प्रतियोगितामा पृथ्वी मा.वि. देबचुली–१० प्रथम भएका छन् । यस्तै नेपाल माबि देबचुली १ द्धितिय र कालिका माबि देबचुली ९ तृत्तिय भएका छन् ।
खुल्ला भलिबल प्रतियोगिता तर्फ मध्यबिन्दु भलिबल ट्रेनिङ्ग समुह र मध्यबिन्दु कलेजले बिजयी हासिल गरेका छन् ।
आज के के हुदैछ ?
यसैबीच महोत्सबको सातौं दिन भोलि पनि विविध सांस्कृतिक कार्यक्रम भईरहेको छ ।
आजै अन्तर निमाबी स्तरिय हाजिरजबाफ प्रतियोगिता र माबि स्तरिय लोक नृत्य प्रतियोगिताको आयोजना हुने प्रचार प्रसार समिती संयोजक सुर्य प्रसाद दवाडीले जानकारी दिनुभएको छ ।






Post a Comment