फाल्गुन १४ , कावासोती ।
नवलपरासीको कावासोतीमा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दुई दिने सहकारी तालिम आजदेखि कावासोतीमा शुरु भएको छ । आज शनिबार र भोली आइतबार सञ्चालन हुने तालीममा सहकारी व्यवस्थापन, मार्ग दर्शन तथा लेखा अभ्यास सम्बन्धी प्रशिक्षण दिइने छ ।
उक्त तालिमको आज बिहान एक कार्यक्रमका बिच जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख बुद्धप्रकाश पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै पौडेलले कावासोती क्षेत्रमा वित्तय संस्थाहरुको संख्या बृद्धि भएको जनाउदै अन्य वित्तिय संस्थाको तुलनामा सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
समयसँगै सहकारी सञ्चालनमा चुनोतीहरु थपिएको बताउदै उहाँले भन्नुभयो‘अब पुरानै शैलिले सहकारी सञ्चालन गर्न कठिन छ । तसर्थ अबका दिनहरुमा अन्य वित्तिय संस्थाहरुसँग पनि प्रतिष्पर्धा हुने गरी सहकारी सञ्चालनको कार्यनिति ल्याउनु आजको आवश्यकता हो ।’ गरिबि निवारण, जिवनस्तरोन्ती जस्ता लक्ष्यलाई आत्मासात् गर्दै सहकारी नितिलाई प्रविधिमा आधारीत रहेर नेतृत्वले बलियो भुमिका निर्वाह गरेमा मात्र सहकारीले सार्थकता पाउनेमा उहाँको जोड थियो ।
पौरखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यम बहादुर थापाले तालिममा सिकेका सिकाईहरुले सहकारीमा आबद्धहरुलाई अबका दिनमा सहकारीको थप स्तरोन्नतीका लागी टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
संस्थाका शेयर सदस्य, कार्यसमिति सदस्य लगायत गरी ३५ जनाको सहभागीता रहेको उक्त तालीमको प्रशिक्षक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)का उपाध्यक्ष परितोष पौडेल रहनुभएको छ ।
संस्थाका अध्यक्ष यम बहादुरको थापाको अध्यक्षतामा शुरु भएको तालिममा उपाध्यक्ष सालिकराम कोइरालाको स्वागत र सञ्चालन सचिव गंगाराम पौडेलले गर्नुभएको थियो ।
Post a Comment