Friday, February 17, 2017

संशोधन प्रस्ताव माथि छलफल भए संघीयता पनि कायम हुन्छ, संविधान पनि कार्यान्वयन हुन्छः सांसद कलवार


नवलपरासी जिल्लाको क्षेत्र नम्वर ६ बाट निर्वाचित सांसद देव करन कलवार स्थानीय क्षेत्रमा सन्तु उपनामले पनि चिनिन्छन्। तमलोपाका उपाध्यक्ष ह्देश त्रिपाठीलाई अघिल्लो संविधान सभाको निर्वाचनमा पराजित गरेपछि सांसद कलवार एकाएक राष्ट्रिय राजनीतिमा चर्चामा आएका हुन्। उनीसंग पछिल्लो संविधान संशोधन र संसद विकास कोषको विषयमा आधारित रहेर सहकर्मी पप्पु रेग्मीले दाउन्ने साप्ताहिकका लागि गर्नुभएको कुराकानीको संक्षिप्त अंश ... 




संघीयताको पछिल्लो संशोधन प्रस्तावलाई यहांले कसरी हेर्नु भएको छ ?

संघीयतालाई मैले कसरी हेरेको छु भने संविधान संशोधन प्रस्ताव पेश भएको छ। प्रदेश नं. ५ को लागि र त्यसमा पनि अव हामीले तराई मूलका जुन साथीहरुको माग छ। नेपालका तराई जिल्ला संघीयतामा जाउं र त्यो संशोधनको विषयमा पनि दर्ता भो र सदनमा छलफल गरियो। कुनै प्रक्रियामा जाने बेलामा एमाले लगायतका ९ दलका माननीय सांसद नेताहरुले चाही रोकीराख्नु भाएको छ । विभिन्न दलका साथीहरुले अब संशोधन लिएर प्रदेश नम्वर ५ का विभिन्न जिल्लाका जस्तो नवलपरासी, अर्घाखाची, पाल्पा र रुपन्देही लगायत समेतले आन्दोलन गरेका छन्। यो संशोधन दुई तरिकामा छन् । एउटा पक्ष चाहि तराई दलका संशोधन पास गर्ने पक्षमा छन् । नेपाली कांग्रेस र माओवादी त्यो पक्षमा छन् तर एमाले लगायत नौ दलका कारण अप्ठ्यारो परेको छ । सदनमा पनि अवरोध पु¥याउनु भएका एमाले लगायतका नौ दलका साथीहरुले यसलाई संशोधन गरौं भन्ने लागेमा एउटा प्रकृयामा जान्छ । संघीयता कायम पनि हुन्छ र संविधान कार्यान्वयन हुन्छ र त्यसका लागि हामी पनि कटिबद्ध भएर लागि परेका छांै ।

तपाई पनि एउटा मधेषी नेता हो, यो संशोधन मधेषी जनताका हितमा छैन भन्छन् नि? कतिपय मधेषी दलहरु नै यो संशोधनको पक्षमा देखिएनन् नि त? के भन्नुहुन्छ यहांले?

यसमा म मधेशी नेपाली कांग्रेसको एउटा सिपाही भएको हुनाले यस्को संशोधन भए पछि यो तराईको विकास, यहांको जनताको माग, जनताको ईच्छा यो जुन प्रदेश नम्वर ५ को संशोधन भएको छ र तराईको लागि पनि हितमा पनि छ । तराईका जहांसम्म मलाई लाग्छ, तराई मोर्चाका सम्पूर्ण साथीहरु पनि यस्मा लागि परेका छन्। त्यसमा होलान एक दुईवटा नेताले विरोध गर्छन होला तर त्यो विरोधले केही अर्थ राखेको छैन्। यो संशोधन पास भै सके पछि तराईको हितमा हुन्छ। तराईको जनताको र देशको हितमा हुन्छ। साथै यहांको विकासको हितमा हुन्छ। यो संशोधन पारित हुनु एकदम जरुरी छ। यसलाई पास गरे पछि भोलि संविधान  कार्यान्वयनमा जान्छ। यो देशले शान्ति र विकास पाउंछ।  

मधेषमा मधेषका जनताले कांग्रेसको भन्दा मधेषी दललाई साथ दिन थालेका हुन् त ?

होइन, यो एउटा भ्रम छ । मधेशका जनताले २००७ सालदेखि अहिलेसम्म विश्वास गरेका छन्। तराईबाट नै ५५ जना माननीय सांसदहरु निर्वाचित भएर गएका छन्। जस्मा थारु, पाहाडिया, मधेशी, मुस्लिम, दलित सवै जातका विभिन्न जन जातिहरु छन्। सवै तराईबाट गएका छन् सबै माननीय सांसदहरु तराईबाट नै गएका छन्। तराईका जनताहरुले सधै कांग्रेसलाई नै विस्वास गर्दछन् र विस्वास गरि रहन्छन्।

मधेषमा मधेषी दलले जे भन्यो त्यही भए जस्तो देखिन्छ नी त उनीहरुले आन्दोलन भने आन्दोलन हुन्छ । फिर्ता भने फिर्ता हुन्छ । के कांग्रेस मधेषमा छिर्न नसकेको हो त ?

होइन। यो मधेशी नेताहरुको भनाईले हुन्छ भन्ने एउटा भ्रम हो। हामी पनि तराईका जुन सांसद छम्। यस विषयमा हामीले पनि आवाज उठाउंछौं।  हामीले आवाज उठाएर आफ्नो पार्टीको केन्द्रिय कार्य समितिको बैठकमा, संसदीय दलको बैठकमा र सदनमा पनि कुरा राख्छौं। तराईको कुरा हामी ल्याउछौं त्यो पनि लागू हुन्छ। त्यसमा पनि हामी काहां जनगुनासोहरु आउंछन्। हामीले आवाज उठाएको अलि ओझेलमा पर्छ र मैले पार्टीको बैठकमा राख्छु र समस्या समाधान हुन्छ। नेपाली कांग्रेस भनेको यो देश भरिको मेचीदेखि महाकाली सम्म र भारतदेखि तिव्बतको सीमासम्म फैलिएको गांउ घरसम्म फैलिएको पार्टी हो। यस्को पनि मूल्य र मान्यता छ। यस्को पनि माहानता छ। देश र जनताले विश्वास गरेका छन्। हाम्रो पनि कुरो हुन्छ तराई दलको कुरो मात्र होइन यो नेपाली कांग्रेसको पनि कुरा हो। देशको कुरा हो।

माननीय ज्यू, अव मैले यो अर्को प्रस·लाई जोडन चाहे। संसद विकास कोषको कुरा गरौं। सांसद विकास कोषलाई यहांले आफ्नो क्षेत्रमा कसरी खर्च गर्नु भएको छ ?

नवलपरासी जिल्लाको क्षेत्र नम्वर ६ को १४ वटै गाविसका साथीहरुलाई भेला गरेर र प्रत्येक गाविसमा जनताहरुको ईच्छा अनुसार विकासका कुरो, निर्माणको कुरो, पुलको कुरो, बाटोको कुरो, विद्यालयको कुरा, लगायतका विषयमा १४ वटै गाविसमा विकासको काममा मैले प्रत्येक गाविसमा २० लाख रुपैया छुट्टयाएको छु। चौध गाविसमा यो विकासको कार्याक्रम शुरु भएको छ। जसमा तपाईको यो ३ करोड सांसद बिकास कोषको जुन पैसा छ त्यसको ४० लाख रुपैया एउटा कार्यक्रम राख्न निर्देशन दिएको छु। त्यो भनेको सुर्यपुुरादेखि नर्सही जाने बाटोमा पर्ने दबाहा खोलामा ४० लाख रुपैयाको पुल निर्माणको योजनामा छ। बाटोको म कार्यक्रम राख्दछु र प्रत्येक गाविसमा २० लाख विनीयोजित गरिएको कार्यक्रम छ। जसमा निर्माणको, भौतिक आधारको, पुलको, बाटोको लगायत काम चाही शुरु भैसकेको छ ।

भने पछि सांसद विकास कोषको रकम विभिन्न पार्टी वर्ग, क्षेत्रलाई र जनचाहना अनुसार सवैलाई समेटेर प्राथमिकीकरण गरेको छु त्यसैले कसैको पनि विवाद आउदैन भन्न खोज्नु भएको हो त ?

एकदम, हो । मैले चौध गाविसका सबै पार्टी, वर्ग, क्षेत्रलाई समेटेर सवै साथीहरुलाई राखेर वहांहरुलाई नै सोधेर वहांहरुको इच्छा आकांक्षा अनुसार सोधेर मिटिङ राखेर यो बजेटको विनियोजन गरेको हुं । समग्रमा भन्दा कसैले पनि चित्त बुझेन भनेर भन्न सक्नु हुदैन ।

संसद विकास कोषको रकम जनचाहाना भन्दा पनि आफ्ना कार्यकर्ताहरुको चाहाना अनुसार विनियोजन हुन्छ रे नि होइन र ?

 त्यस्तो होईन । मैले के अनुरोध गर्दछु भने नेपाली कांग्रेसका साथीहरुलाई मात्र न भएर विभिन्न दलका कार्यकर्ताहरुको पनि ईच्छा आकांक्षा अनुसार विभिन्न राजनीतिक दलका साथीहरुलाई राखेर समिति बनाएर यो विकासको काम गर्नुहोस् भन्दछु। कसैले पनि भन्न नपाओस् कि सांसदले आफ्नो नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई पाल्ने काम गरेको छ भनेर म सचेत छु। म आफ्नो कार्यकर्ताहरुले मनोपरी ढंगले विनियोजित रकम खर्च गरे भनेर आरोप पनि न आओस्। मेरो कार्यकर्ताहरुलाई के भन्छु भने विकासको काम भनेको जनताको काम हो र जनताले देख्ने गरी गर्नुहोस र सवैलाई चित्त बुझाएर काम गर्नुहोस् भन्ने मेरो इच्छा आकांक्षा छ।

अन्त्य, यस क्षेत्रका जनताहरुलाई के भन्न चाहानु हुन्छ ?

सबै भन्दा पहिले त यहांको हाम्रा जनतालाई आभार व्यक्त गर्न चाहान्छु कि म जस्तो एउटा गरीव मान्छेलाई यहां यो ठाउंमा पु¥याउनुभयो। उहा“हरुको दुख सुखमा सेवा गर्ने मौका पाएको छु। जनताहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal