नवलपरासी २३ फाल्गुण । नेकपा एमालेका केन्द्रिय सचिव एवम् प्रदेश ४ का इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मधेषी दललाई मधेषमा सबैभन्दा ठूलो दल बनेर देखाउन चेतावनी दिएका छन् ।
नेकपा एमालेको मेचीमहाकाली राष्ट्रिय अभियानको लागि प्रचारप्रसार गर्न कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा एमाले सचिव गुरुङले यस्तो चेतावनी दिएका छन् ।
संविधान घोषणा गरे संविधान मान्दैनौ भन्ने, चुनाव घोषणा गरे चुनाव बहिस्कार गर्ने, संविधान संसोधनको प्रस्ताव गरे त्यो पनि नमान्ने अनि वितण्डा मच्चाउन खोजेर हुन्छ ? उनले भने – मधेषमा आफ्नो जनमत छ भनेर देखाउन छ भने यो चुनावमा भाग लिएर कांग्रेस, एमाले माओवादी केन्द्र भन्दा ठूलो बनेर देखाउन मन अनुरोध गर्दछु ।
उनले मधेषी दलहरुले संविधान संसोधनको नाममा मधेष र पाहाड भनेर देश टुक्र्याउन खोजेको भन्दै त्यसलाई एमालेले कुनै पनि हालतमा नमान्ने समेत बताए ।
नेकपा एमालेको मेचीमहाकाली राष्ट्रिय अभियानका लागि प्रचारप्रसार गर्न नवलपरासीको नवलपुर र परासी क्षेत्रमा घरदैलो गरिएको छ ।
मेचीमहाकाली अभियान अन्तरगत नवलपरासीको कावासोतीमा फाल्गुन २८ गते र २९ गते भूमहीमा जनसभा हुंदै छ । जनसभामा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोद्धन गर्नुहुने जनाइएको छ ।
अभियानमा आफ्ना कार्यकर्ताहरु जुटाउन नवलपुर र परासी क्षेत्रमा अभियान तिव्र पारिएको छ । प्रदेश ४ को कावासोतीमा मात्र जनसभा हुने भएकोले यहां प्रदेश ४ मा रहेको एमालेका सांसदहरु घरदैलो अभियानमा जुटेका छन् ।
अभियानको बारेमा जानकारी दिन आज नेकपा एमाले नवलपुर पार्टी कार्यालय कावासोतीमा पत्रकार सम्मेलन गरिएको थियो ।
सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महतले ओली नेतृत्वको एमाले सरकारले ९ महिने शासनकालमा गरेको कामको बारेमा जानकारी गराउने मेचीमहाकाली अभियान गरिएको बताए ।
कार्यक्रम नेकपा एमाले नवलपुर अध्यक्ष रोशनबहादुर गाहाको अध्यक्षतामा भएको थियो ।

Post a Comment