Monday, March 6, 2017

पूर्व राजा र राष्ट्रपति एकैदिन एकै कार्यक्रममा सहभागी हुने

थलो एकै कार्यक्रम समय भने फरक फरक 

रामकुमार श्रेष्ठ  

नवलपरासी, २३ फाल्गुन । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र  नवलपरासीको देवचुली २ दुम्कौलीमा रहेको सिजी इन्डष्ट्रियल पार्क परिसरमा निर्माण गरिएको शाश्वत धाममा सहभागी हुने भएका छन् ।  
धामको राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
धामको राष्ट्रपति भण्डारीले उद्घाटन गरी सम्बोद्धन गरी फर्किसकेपछि हुने धर्मसभामा पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोद्धन गर्ने कार्यक्रम रहेको छ । 
एउटै कार्यक्रमलाई तिन चरणमा विभाजन गरेर पूर्वराजा र राष्ट्रपतिलाई एकै ठाउंमा फरक फरक समयमा प्रमुख अतिथिको रुपमा स्थान दिने काम चौधरी उद्योगले गरेको हो । 
निर्माणकार्य सकिएको शाश्वतधामको भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछन् । 
निक्कै प्रतिक्षा गरिएको शाश्वतधामको उद्घाटन लगतै सोही दिनबाट सर्वसाधारणका लागि खुल्ला गरिने जनाइएको छ । २४ गते धामको उद्घाटन र मन्दिरमा प्राणप्रतिष्ठा गरिने भएको हो । 
पूर्वराजा शाह र राष्ट्रपति भण्डारी एकै स्टेजमा भने देखीने छैनन् । राष्ट्रपतिले धामको उद्घाटन गरेपछि मात्र धर्मसभामा पुर्वराजा सहभागि हुने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा राष्ट्रपति श्रीश्रीश्री रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वती पनि सहभागी हुने छन् । 
१५ वर्ष लगाएर चौधरी फाउण्डेसनले जिल्लाको दुम्कौलिमा ‘शाश्वतधाम’ निमार्ण गरेको हो । 
अहिले मानिसमा निरासा बढेको र आत्मशान्ति खोजिरहेकाले शान्तिपुर्ण र उर्जायुक्त वातावरणमा मानसिक र आत्मीय शान्तिको अनुभवका लागि धामको निमार्ण गरिएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । 
धाममा विहान ९ बजेदेखि उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन कार्यक्रममा धामको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर सम्बोधन गरेपछि फर्कने कार्यक्रम रहेको छ । 
त्यसपछि हुने धर्मसभामा पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोद्धन गर्ने छन् । कार्यक्रममा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र चितवन आइपुगेका छन् । उनी भरतपुरमा रहेको सेन्चुरी होटलमा आएर बसेको सुरक्षाअधिकारीले जानकारी दिए । 
धर्मसभा सकेपछि सत्संग हुने कार्यक्रम रहेको चौधरी उद्योगका रामचन्द्र धितालले बताए । 
धर्मसभा पशुपति विकास कोषका सदस्य सचिव डा. गोविन्द चन्दनको अध्यक्षतामा हुने छ । धामको उद्घाटनमा सहभागी हुने नेपाल तथा भारतमा रहेका धार्मिक गुरुहरु आउनुहुनेछ । धार्मिक गुरुहरु सास्वत धामको उद्घाटनमा सहभागी हुने चौधरी उद्योग परिषरमा आइपुगेको बताइएको छ । 
शाश्वतधाममा मन्दिरका साथै गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्तकायल, हेरिटेज विल्डिङ हल, गौशाला, आर्गेनिक फार्म, ध्यान केन्द्र लगायत रहेका छन् । 
धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले यस शाश्वतधाम नवलपरासीको देवचुली नगरपालिका २ दुम्किौलीमा रहेको सिजी इन्डष्टिूयल पार्क परिषरमा निर्माण गरिएको हो । 
करिब सात विगाहा क्षेत्रफलमा फैलिएको यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर हो । 
शाश्वतधाममा मन्दिरका अलवा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्तकायल, हेरिटेज विल्डिङ हल, गौशाला, आर्गेनिक फार्म, ध्यान केन्द्र लगायत रहेको चौधरी गु्रपका जनरल म्यानेजर मधुसूधन पौडेलले जानकारी दिए । 
  शाश्वतधाममा आउने पर्यटकहरुले पशुपति नाथ, मक्तिनाथ, स्वर्गद्वारी, गोसाईकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधिहरु ठूलो पर्दामा हेर्न पाउने व्यवस्था समेत मिलाइएको छ । धामको चारैतिर ढुंगा खोपेर बनाइएका स–साना स्पिकरबाट यहां आउने पाहुनाले मन्द आवाजमा भजन सुन्न सक्ने व्यवस्था मिलाइएको छ । 
यहां आउने पर्यटकले शाश्वतधामको निशुल्क अवालेकन गर्न पाउने व्यवस्था मिलाएको र विहान ७ बजेदेखि सांझ ८ बजेसम्म यहां आउने भक्तजन तथा पर्यटकले यस क्षेत्रको अवलोकन गर्न पाउने जनाइएको छ । 
नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउनुहुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको बताए । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal