नवलपरासी, १४ फाल्गुन । कावासोतीको कुमारवर्ती क्याम्पसमा नेविसंघ बाहेकका विद्यार्थी संगठनहरुले तालाबन्दी गरिदिएका छन् ।
पहिलो बर्षमा भर्ना भएर दोस्रो बर्षमा भर्ना नभएका विद्यार्थीहरुलाई फाल्गुन १८ गते हुने स्ववियुको निर्वाचनमा भाग लिनबाट बञ्चित गरेको भन्दै उनीहरुले तालाबन्दी गरिदिएका हुन् ।पहिलो तथा दोस्रो बर्षमा भर्ना भएर दोस्रो वा तेस्रो बर्षमा भर्ना नभएका १ सय २ जना विद्यार्थीको नाम निर्वाचन कमिटिले अन्तिम नामावली प्रकाशन गर्दा मतदाता नामावलीबाट नाम काटे पछि विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
एमाले निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी प्रचण्ड, अखिल क्रान्तिकारी मोहन बैद्य, अखिल क्रान्तिकारी विप्लव र नयां शक्तिका विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरिदिएका हुन् ।
तालाबन्दी संगै कावासोतीको कुमारवर्ती क्याम्पसमा तोकिएको समयमा स्ववियु निर्वाचन नहुने सम्भावना बढेर गएको छ ।
नवलपरासीका अन्य ४ क्याम्पसमा भने स्ववियुको निर्वाचन तोकिएकै समयमा हुने भएको छ ।
नवलपरासीको बर्दघाटको दिव्यज्योति बहुमुखी क्याम्पस, परासीको पाल्ही बहुमुखी क्याम्पस, सुनवलका महाकवि देवकोटा बहुमुखी क्याम्पस र बेलाटारीका त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन हुने भएको छ ।



Post a Comment