त्रिवेणी, ३० जेठ । विद्युत सेवा अनियमित भएको भन्दै नवलपरासीको गुठी सूर्यपुरा स्थित गण्डक जलविद्युत केन्द्रको विद्युत महसुल कक्षमा स्थानीयले तालाबन्दी गरिदिएका छन् ।
आज उनीहरुले कार्यालय घेराउ गर्दै विद्युत महसुल कक्षमा तालाबन्दी गरेका हुन् ।
प्रतापपुर गाऊपालिका साबिक वडा नं. ८ पिपरपातीमा करिब १५ दिन देखी ट्रन्सफर्मर जलेर विधुत आपुर्तीमा समस्या आएपनि मर्मतका लागि चासो नदिएको भन्दै स्थानीयले प्रर्दशन गर्दै तालाबन्दी गरेका हुन् ।
विद्युत संचालन गर्नका लागि प्राधिकरणले त्यस ठाऊमा ५० के.बी.को ट्रस्फर्मर जडान गरिएको थियो । विधुत खपत बढी भएको हुदाँ करिब ३ दिनदेखि फेरि ट्रास्फर्मर समस्या आएपछि बिधुत आपुर्ती पुर्ण रुपले ठप्प भएको गण्डक जलविद्युत केन्द्रका इन्चार्ज ओग नारायण चौधरीले बताउनुभयो ।
स्थानियहरुले १०० के. बी. को ट्रस्फर्मर जडान गर्नका लागी करिब ६ महिना अगाडी प्राधिकरणमा उजुरी समेत गरेको हु“दा पनि प्राधिकरणले वेवास्ता गरेको स्थानिय युवराज मौर्याले बताए ।
बिधुत आपुर्ती पुर्णरुपले ठप्प भएपछि यहांका बासिन्दाको जीवन अस्तव्यस्त बनेको छ । बत्ति बाल्नेदेखि मोबाइल चार्ज गर्ने, टिभि हेर्ने, सांझको समयमा विद्यार्थीहरुलाई पढ्न लगायतका समस्या भएको र खास गरी गर्मीको समयमा गर्मीले बस्नै गाह्रो भएको स्थानीयले जनाएका छन् ।

Post a Comment