कावासोती, ३० जेठ । नयाँ शक्ति पार्टी नेपालको प्रथम स्थापना दिवस आज कावासोतीमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।
नवलपरासीको कावासोतीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रम नयां शक्ति पार्टीका नवलपुर संयोजक टंकमणि शर्माको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य एवम् चार नम्वर प्रदेशका सहसंयोजक रुद्र बहादुर गुरुङ, केन्द्रिय सदस्य मोती रिजाल, केन्द्रिय परिषद सदस्य एवम् पुर्व सभासद् गुणाखर बस्याल, केन्द्रिय परिषद सदस्यहरु सरद खरेल, पिताम्वर महत्तोे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम ४ नम्वर प्रदेशका सदस्य मंगल लामाले सञ्चालन गर्नुभएको थियो ।

Post a Comment