Tuesday, June 13, 2017

राष्ट्रिय जनता पार्टीको १४ जना नेता तथा कार्यकर्ता ४ घण्टा प्रहरी नियन्त्रणमा बन्दकर्ताद्वारा व्यापक तोडफोड, दोहोरो झडप


परासी, ३० जेठ । प्रहरीको नियन्त्रणमा रहेका राजपा नेपालका जिल्ला संयोजक पुरन चौधरी सहित १४ जना नेता कार्यकर्तालाई प्रहरीले मुक्त गरेको छ । बन्द आह्रवान गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले आज दिउ“सो प्रहरीले नियन्त्रणमा लिएर राखेको थियो ।
परासीको बुद्धचोकमा बसेका आन्दोलनकारीहरुले दुई वटा स्कार्पियो गाडी तथा एउटा मोटरसाईकलमा तोडफोड गर्नुका साथै अन्य दलका कार्यकर्तालाई कुटपित गरेपछि उनीहरुले नियन्त्रणमा लिई केहि घन्टा राखेर छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश सापकोटाले बताउनुभयो ।
उनीहरुलाई अव आईन्दा तोडफोड लगायतका घटना नगरि शान्तिपुर्ण आन्दोलन गर्ने सहमति गरि दिउँसो चार बजे छोडिएको प्रहरीले जनाएको छ । प्रहरीले राजपाका जिल्ला संयोजक पुरन चौधरी, बरिष्ठ नेता मुकुरजि गिरी , प्रवक्ता राधेरमण पाण्डे  सहित राजेन्द्र यादव , जय प्रकाश सहानी , रामेश्वर केवट , ब्यासमुनि गुप्ता , रामजि सैथवार , सन्तोश कोईरी , रामेश्वर पाण्डे , बृष कुमार पाठक , सुरेष यादव , निरज रौनियार ,, र शैलेस यादव लगायतलाई नियन्त्रणमा लिएको थियो ।
नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि राजपाका कार्यकर्ताले रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नारावाजी गरेका थिए ।
आन्दोलनकारीहरुले आज विहान बा १४ च ७०६९ नम्बरको स्कार्पियो गाडिमा तोडफोड गरेका थिए भने दिउँसो बा ११ च ७३६२ नम्बरको स्कार्पियो र लु ५ प ३९५८ नम्बरको मोटरसाईकल तोडफोड गरेको प्रहरीले जनाएको छ । राजपाले मोटरसाईकल सञ्चालनमा छुट दिएर पनि एमालेको टिसंट लगाएर मोटरसाईकलमा आएका एक जना कार्यकर्तालाई हातपात तथा मोटरसाईकल तोडफोड गरेका हुन् ।
आफना मागहरु सरकारले पुरा नगरेको भन्दै आज देखि चार दिने बन्द आह्रवा गरि आन्दोलनमा उत्रिएका राजपाका आक्रोसित कार्यकर्ताले नेपाली कांग्रेस क्षेत्र नम्बर ५ को पार्टि कार्यालय परासीमा तोडफोड गरका छन् । तोडफोडका कारण पार्टि कार्यालयमा राखिएको कुर्सि , टेबल सहित दराज र पार्टि कार्यालयको बोर्ड तोडफोड भएको क्षेत्रीय सभापति दिनेशमणि पटेलले जानकारी दिनुभयो ।
राजपाको बन्द आह्रवानका कारण आज दिनभर परासी क्षेत्रको जनजिवन प्रभावित भयो । विहानै देखि पसल, व्यवसाय, यातायात,शिक्षण संस्था, उद्योग कलकारखना लगायत ठप्प रहेका थिए । राजपाले मोटरसाईकललाई छुट दिएको छ भने इ रिक्सा सञ्चालनमा रोक लगाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal