Friday, August 11, 2017

दाउन्नेमा १० घण्टादेखि सडक अवरुद्ध

रामकुमार श्रेष्ठ

नवलपरासी, २८ साउन । नवलपरासीको दाउन्नेमा ठाउंठाउंमा पहिरो खसेपछि पूर्वपश्चिम राजमार्गको राति साढे १० बजेदेखि अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्र अन्र्तगत पर्ने  विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालीका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पुर्वपश्चिम राजमार्ग १० घण्टा देखि  अवरुद्ध भएको हो ।
गएराती साढे १० बजेतिर  बर्दघाट ४ एस मोडमा  र दाउन्ने आसपासका क्षेत्रमा पहिरो खसेपछि सडक अबरुद्ध बनेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
१० घण्टा देखि सडक अवरुद्ध भएसँगै पूर्व–पश्चिम चल्ने रुटका गाडीमा सवार यात्रुहरु जाममा फसेका छन् । 
३ वटा डोजरले पहिरो पन्छाउने काम भैरहेको र पहिरो परुन्छाएर बाटो खुल्न अझै २÷ ३ घण्टा लाग्न सक्ने ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक टेक वहादुर राउतले बताए ।
यसैबिच अविरल वर्षका कारण परासी क्षेत्रका बवार र गण्डक आसपासका क्षेत्रहरु जगमग्न बनेका छन ।
त्यस्तै बर्दघाट बजार पुरै डुबानमा परेको छ । परासी, बर्दघाट, सुनवल लगायतका क्षेत्रमा आकासे पानीको निकास नहुंदा लगातार पानी पर्दा सधैं जलमग्न हुने गरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal