Sunday, July 16, 2017

आजबाट फोटोसहित मतदाता नामावली संकलन कार्य शुरु, नवलपरासीको कावासोती र परासी गरी दुई स्थानबाट नामावली संकलन

नवलपरासी, १ साउन ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासीले नवलपरासीमा आजबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु गरेको छ ।
नवलपरासीको कावासोती र परासीमा मतदाता नामावली संकलन शुरु गरिएको हो ।
कावासोतीको इलाका प्रशासन कार्यालय कावासोती र परासीको जिल्ला प्रशासन कार्यालय परासीमा गरी दुई स्थानबाट फोटो सहितको मतदाता नामावली संकलन भएको छ ।
अब हुने प्रदेश र केन्द्रको चुनावलाई लक्षित गरी फोटो सहितको मतदाता नामावली संकलन शुरु गरिएको हो ।
नवलपरासीको प्रदेश नम्बर चार अन्र्तगत पर्ने गैडाकोट, कावासोती, मध्यविन्दु र देवचुली नगरपालिकाका बासिन्दाले ईलाका प्रशासन  कार्यालय कावासोतीमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय नवलपरासीले आग्रह गरेको छ । त्यसैगरी  प्रदेश नम्बर चारमै पर्ने नवलपरासीका बुलिगंटार, बुङ्दीकाली, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाका स्थानीयहरुले पनि ईलाका प्रशासन कार्यालय कावासोतीमै पुगेर नाम दर्ता गर्नुपर्ने निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ । मतदाता नमावलीमा नाम दर्ता गराउन नेपाली नगरिकताको परिचयपत्र साथमै लैजान आयोगले आग्रह गरेको छ । त्यसैगरी प्रदेश नम्बर पांच अन्र्तगतका रामग्राम, सुनवल र बर्दघाट नगरपालिका र  सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन र विनयी त्रिवेणी गाउपालिका वडा नम्बर ६ र ७ का स्थानीय हरुले जिल्ला निर्वाचन कार्यालय  परासीमा पुगी नामावली दर्ता गनुपर्ने ब्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताउनु भयो ।
नागरिकता लिना साथ पनि फोटो सहितको मतदाता नामावलीमा नाम चढाउन सकिने व्यवस्था गरिएको छ । नामावली संकलन साउन १५ गतेसम्म हुने छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal