Friday, August 11, 2017

चिर्पटे दाउरा प्रहार गरेर श्रीमतीको हत्या

नवलपरासी । नवलपरासीको  कावासोतीमा चिर्पटे दाउरा प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक राजेश थापाका अनुसार विहिवारराती २ बजेको समयर्मा  ५२ वर्षको धन वहादुर सार्कीले  मादक पदार्थ सेवन गरेर घरमा आई  श्रीमतीसंग झैझगडा गर्ने क्रममा आवेशमा आएर दाउरा प्रहार गर्दा श्रीमती ४६ वर्षकी उमा कुमारी सार्कीको घटना स्थलमा नै मृत्यु भएको हो ।
उनलाई प्रहरीले तत्कालै पक्राउ गरेको थापाले बताए । मृत्यु भएकी उमाको शव पोष्टमार्टमका लागि दुम्कौली प्राथमिक स्वाथ्य केन्द्रमा राखिएको छ । पक्राउ परेका धन वहादुरलाई ज्यान मुद्धामा मुद्धा  चलाएर जिल्ला चलान गरिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal