Posted by
http://dailysandesh.blogspot.com
on
1:00:00 AM
in
business
news
|
अर्जुन अविरल
कावासोती । साधना संगम, नवलपुरको २९ औं श्रृखलामा कवि गोष्ठी तथा रचना वाचन कार्यक्रम चौथो नवलपुर ऐतिहासिक महोत्सवमा शनिवार भएको छ ।

नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलको अध्यक्षता र जनवादी गायक जीवन शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बरिष्ठ कवि दीपक सोती, साहित्यकार तथा पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, साहित्यकार तथा नारी साहित्य समाजकी अध्यक्ष कृण्णादेवी शर्मा श्रेष्ठ, साहित्यकार, समालोचक तथा लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष सदानन्द अभागी, छन्देली कवि लोकनाथ खरेल, युवा गजलकारहरू सरोज उजाड, आदर्श सुशील, हेमा आले, नारायण बस्याल, कवि, कवयित्रीमा लिला राना, चिरञ्जीवी सिग्देल, एकनारायण चापागाई, प्रेमध्वज गाहा, नारायण भण्डारी लगायतले आफ्नो सृजना वाचन गर्नु भएको थियो । महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो।
Post a Comment