Wednesday, March 14, 2018

नेपालकै होची महिलाकी अभिभावकको चिन्ता वेग्लै

नवलपुर । जो कोहीका अभिभावकलाई आफू मरेपछि आफ्नो सन्तानले कसरी खाला भन्ने चिन्ता हुन्छ । यो चिन्ता स्वभाविक पनि हो तर, ति अभिभावकहरुको चिन्ता सन्तान ठूलो हुंदै गएपछि कम हुंदै जान्छ ।
यस्तै चिन्ता छ नेपालकै होची महिला भनेर महोत्सव मेला तथा प्रदर्शनीमा राखिने दाङ लमहीका २४ बर्षीय महिला ईश्वरी माया छिनालको अभिभावकको ।  
तीन सन्तान मध्येका एक उनी २४ बर्ष पुगिसक्दा पनि जम्मा ६ किलो ६ सय ग्रामकी मात्र छिन् । भीडभाडमा बोल्न लजाउने तर कसैले बोलाए मुसुक्क हाँसेर बस्ने ईश्वरी मायालाई अहिले कावासोतीमा जारी चौथो नवलपुर महोत्सवमा राखिएको छ । जन्मदा उनको तौल राम्रै थियो । २०५० सालमा जन्मिएकी उनी जन्मंदा २ सय ग्रामकी थिइन । तर अन्य बालकको शरिर झैं उनको शरिर बढ्न सकेन । उनको उचाई भने जन्मिदै सानो थियो त्यसैले उनका बुवा आमालाई तिनी बाँच्छिन् भन्ने सम्म लागेको थिएन।  
उनका बुवा धनबहादुर छिनालले भने – अहिले त हामी सक्ने हुंदासम्म महोत्सव, मेलामा लगेर प्रदर्शनीमा राखेर पैसा आएकै छ, पेट पाल्न समस्या भएको छैन । हामी मर्यौ भने यसले के गरेर खाला भन्ने हाम्रो चिन्ता हो ।
उनले राज्यले अपा·ता भएकाहरुलाई आत्मनिर्भर भएर बांच्न सक्ने गरी भत्ता नदिएको पनि गुनासो गरे । अहिले उनको उचाई जम्मा २८ इन्च छ ।
आमा दनकुमारी छिनाल र बुवा धनबहादुर छिनालको पहिलो सन्तानको रुपमा जन्मिएका उनी जन्मंदा असमान्य जन्मिएपनि अन्य सन्तानहरु राम्रै जन्मिएको र हुर्किएको उनकी आमा दनकुमारीले बताइन् ।
एउटा छोराले विहे गरी सक्यो अर्की छोरी पनि ठूली भईसकी त्यसले पनि विहे गरेपछि आफ्नो शुरु गरेर खान्छ तर यसको भने चिन्ता मनमा रही रहने छ । यसले हामी मरे कसरी पेट पाल्ला भन्ने चिन्ताले निक्कै सताउने गरेको छ ।
घरको आर्थिक अवस्था राम्रो भए महोत्सव मेला आदिमा प्रदर्शनीमा नराख्ने पनि उनी बताउंछिन् ।
१० बर्ष भयो मेला तथा महोत्सवमा छोरीलाई लिएर हिड्न थालेको तर टिकटै काटेर प्रदर्शनीमा राखेपनि सम्पत्ति जोड्न नसकेको उनका अभिभावकहरु बताउंछन् । उनीहरुले आफ्नी छोरी जस्तै जो पूर्ण अपा· छ र आफै केही गरेर खान सक्दैन त्यस्तालाई राज्यले पालन पोषणको जिम्मा लिए आफू जस्तै अभिभावकहरुको चिन्ता हट्ने बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal