Sunday, March 18, 2018

दक्षजनशक्ति विदेशिने क्रम नरोकिए पछि निर्माण क्षेत्र प्रभावित

गोपी ज्ञवाली 

नवलपरासी । युवाहरुको विदेशिने क्रम जारी रहदा निर्माण क्षेत्रमा दक्ष्य जनशक्तिको अभावले निर्माण क्षेत्र प्रभावित हुन थालेको छ ।
बैदेशिक रोजगारीका लागि भन्दै देशका युवाहरु विदेशीने क्रम नरोकिए पछि निर्माण क्षेत्रमा दक्षय जनशक्तिको अभावका कारण निर्माण कार्य नै प्रभावित हुने गरेको निर्माण ब्यवसायी संघ नवलपरासीका अध्यक्ष नविन ज्ञवालीले बताएका छन  ।
देशमा राजनैतिक स्थिरता बन्दै गएको अहिलेको अवश्थामा विकासले तीब्रता पाउने अपेक्षा गरिएको वेलामा युवाहरुको विदेशीने क्रम नरोकिएकाले निर्माण क्षेत्र एवं अन्य विकासका कामहरु समेत प्रभावित हुदै गएको बताईएको छ । युवाहरु विदेशिने क्रम नरोकिएको अहिलेको अवश्थामा निर्माण क्षेत्रका दक्षय जनशक्तिहरु समेत विदेशीन क्रम बढे पछि निर्माणका कामहरु प्रभावित हुन थालेको नवलपरासीका निर्माण ब्यवसाणीहरुले बताए ।
निर्माण मजदुर, भवन जोडाई गर्ने मिस्त्री, विभिन्न प्रकारका मशिनहरु संचालनका लागि आवश्यक पर्ने अपरेटर लगाएतका शिपयुक्त जनशक्तिहरु क्रमश विदेशिदै गएका कारण निर्माण क्षेत्रमा समस्या परेको बताईएको छ । निर्माण मजदुर एवं दक्ष जनशक्तिको अभावका कारण नवलपरासी प्रतापुर गाउपालिकाको बडहरादुबौलियाको खोलामा बन्न लागेको पक्की पुल, वर्दघाट नगरपालिकाको बाढिपीडीतबाट बरुवा जोडने निर्माणाधिन पक्की सडक, मझौनी चिसापानी हुदै महेशपुर जोडने २० किलो मिटरको पक्की सडक लगाएतका आयोजनाहरु आवश्यक जनशक्तिको अभावमा निर्माण अवरुद्ध भएको निर्माण ब्यावसायी संघ नवलपरासीका अध्यक्ष ज्ञवालीले बताए ।
अदक्ष सामान्य कामदारको समेत नवलपरासी क्षेत्रमा अभाव भएका कारण निर्माणको कामका लागि मजदुरहरु  भारतको विहार पुगेरल्उनु पर्ने अवश्था रहेको छ । नेपाली मजदुरहरु विदेशिने अभियानमा कतिपय समयमा नेपाल मै पाई रहेको ज्याला भन्दा कम ज्यालामा विदेशीने गरेको पाईएको छ । 
निर्माण क्षेत्रमा प्रयोग हुने ग्रेडर, जेसीवी, रोलर, क्रेन, डोजर लगाएतका मशिनरी साधनहरुको संचालनका लागि आवश्यक पर्ने अप्रेटरहरुको समेत चरम अभाव रहेको निर्र्माण ब्यावसायीहरुले बताउने गरेका छन ।
दक्ष जनशक्तिको अभावमा निर्माणका कामहरु निर्धारित समयमा पुरा गर्न समस्य परेको, काममा गुणस्तर कामयम गर्न समस्या परेको लगाएतका समस्या निर्माण क्षेत्रमा नयां समस्याका रुपमा देखा परेको निर्माण ब्यावसायी संघ नवलपरासीका सचिव कृष्ण प्रसाद पौडेलले बताउनु भयो । निर्माण र भौतिक विकासका कमहरुमा आवश्यक दक्ष जनशक्तिहरु को अभावका कारण जिल्लाको अनेक स्थानमा निर्माण का कामहरुले आवश्यक गति पाउन नसकेको सचिव पौडेलले बताए ।
निजी क्षेत्रले निर्माणको काममा महत्वपुर्ण भुमिका निर्वाह गरको भए पनि सरकारले देश भित्रका दक्ष जनशक्तिहरु देशमा नै रोकने योजना बनाउनु पर्ने भन्दै सरकारले केही पनि जिम्मेवारी नलिने र निर्माण ब्यवसायीहरुलाई मात्र दोष लगाउन नमिल्ने निर्माण ब्यवसायी नवलपरासीका सचिव पौडेलले बताए ।

(आजको दाउन्ने साप्ताहिकबाट

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal