नवलपरासी । नवलपरासीको धौवादीमा फेला परेको नेपालकै सबैभन्दा ठूलो फलाम खानीको विस्तृत अध्ययन सकिएको छ ।
विभिन्न चरणमा गरिने अन्वेषण एवं अध्यनहरुको क्रममा भुगर्वविभागका विज्ञहरुको टोलीले नवलपरासीको धौवादीको फलाम खानीको विस्तृत अध्ययनको काम बैशाखको दोस्रो हप्तामा सकि रासायनिक अध्ययनका लागि टोली काठमाण्डौ फर्केको खानी तथा भुगर्व विभागका वरिष्ठ डिभिजन भूगर्वविद्ध नारायण बास्कोटाले बताए ।
धौवादीमा फेला परेको फलाम खानीको अन्तिम एवं विस्तृत अध्यनका लागि खानी तथा भूगर्व विभागको विज्ञहरुको टोली फागुन २५ गते देखि बैशाख ९ गतेसम्म नवलपरासीको धौवादीमा नमुना संकलनको काम सकेको बताईएको छ ।
खानी तथा भूगर्व विभागका भूगर्व विज्ञ नारायण बास्कोटाको नेतृत्वमा खटिएको अध्यन टोलीले यस पटक नवलपरासीको हुप्सेकोट गाँउपालिकाको वार्ड नम्बर ५ मा पर्ने पोखरीदेखि धौवादी बीचको कुईखोला र खाल्टे (राम्चे) लाई केन्द्र बनाएर विस्त्रित अध्यन गरेको हो ।
पोखरीदेखि धौवादी बीचको कुईखोला र खाल्टे (राम्चे)को ४ किलोमिटरको लम्बाई क्षेत्रलाई केन्द्र बनाएर विस्तृत रुपमा नमुना संकलन तथा टोफोग्राफी अध्ययन गरिएको खानी तथा भूगर्व विभागका वरिष्ठ डिविजन भुगर्वविद्ध नारायण बास्कोटाले बताए।
विज्ञ वास्कोटाका अनुसार २ सय ५० हेक्टेयर क्षेत्रफलमा चेनल सेम्पलिङ विधिबाट २० स्थानबाट नमुना संकलन गरिएको हो ।
विस्तृत अध्ययनको क्रममा २० स्थानबाट ३ सय भन्दा धेरै नमुनाहरु संकलन गरिएको छ र यसरी संकलन गरिएको नमुनालाई विभागमा रहेको रासायनिक प्रयोगशालामा पुन ः रासायनिक परिक्षण गरिन विज्ञहरुको भनाई रहेको छ ।
चोरमाराको गिरुवारी खोलादेखि पूर्वको रजहरको बौलाहा खोलाको लम्बाई बराबरको उत्तरमा पूर्व पश्चिम लोकमार्गको करिब २२ किलो मिटर उत्तर चुरे पहाडमा फलामको कच्चा पदार्थ (हेमेटाईट)को रेखा फेला परेको बताईएको छ । चुरे पहाडमा फेला परेको २५ मिटर मोटाई र १० किलोमिटर लामो फलामको लामो बैंडको बारेमा अहिले विज्ञहरुको टोलीले अध्ययन गरिरहेको छ ।
धौवादीको फलामखानीको विस्त्रित अध्ययनमा भूगर्वविद्ध नारायण बास्कोटाको नेतृत्वमा खानी तथा भूगर्व विभागका भुगर्वविद्ध लोकेन्द्र पाण्डे, अनुसन्धान अधिकृत बसन्त अधिकारी, सर्वेयर तेजेन्द्र कुमार यादव सहितको टोली खटिएको थियो ।
धौवादीको फलाम खानीको अध्यनको क्रममा अब नाम्जाकोट र डुलुङगाको २ किलो मिटरको क्षेत्रमा मात्र अध्ययन बांकी रहेको बताईएको छ ।
८ वर्ष पहिला कोईला खानीको बारेमा अध्ययन गर्न नवलपरासी पुगेका भुगर्वविद्धहरुले जिल्लाको पहाडी भुभाग साविका धौवादी गाविसको वार्ड नम्बर ३ डाँडामा फलाम खानी रहेको प्रारम्भिक स्तरको अध्ययनले देखाए पछि क्रमश अध्ययनको क्रम शुरु भएको थियो ।
यस फलाम खानीबाट प्राप्त वस्तुमा मध्यम खाले आइरनको मात्रा रहेको पाईएको छ भने अहिले ड्रिलि·बाट लिईने नमुनाको परिक्षणले भुमि भित्र रहेको पदार्थमा आइरनको मात्राको अध्ययन गरिने बताईएको छ ।
३० प्रतिशत आइरनको मात्रा रहेको भए न्युन गुणस्तरको, ४० देखि माथि ६० प्रतिशत आइरन भए मध्यम गुणस्तरको र ६० प्रतिशत भन्दा माथि आइरनको मात्र फेला परे उच्च गुणस्तरको फलाम रहेको हुने छ ।
नवलपरासीको यस फलाम खानीमा मध्य गुणस्तरको फलाम रहेको छ ।
धौवादीको बाघखोर र पोखरी टोलको बीचको १ सय वर्ग किलोमिटर क्षेत्रफललाई विभागले खनिज पदार्थ हुन सक्ने क्षेत्र भन्दै अन्य कामका लागि रोक लगाएको छ ।

Post a Comment