गजल (सरोज उजाड)
मेरो हजुर कति राम्रो हल्काहल्का दारीमा
सुनगाभा फक्रिए झैँ लाग्छ फूलबारीमा
पाइरहूँ जुनी जुनी हजुरको मनमा बास
वरपीपल झैँ बस्न पाऊँ मनको चौतारीमा
हजुर मेरो सर्वस्व, हजुर नै मेरो भगवान
रहोस् कृपा सदैव यो प्रेमको पूजारीमा
छैन चाहना महलको सुख सयल भोग्ने
स्वर्गसमान आनन्द छ हजुरकै छहारीमा
हजुरका सुख, दुःख बाँड्दै बाँच्छे ‘सरू’
बसाएर हजुरलाई नयनका वारिपारिमा
अमिट स्मृति साहित्य कुञ्ज
पिठौली नवलपुर
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment