नवलपरासी, १४ साउन । नवलपरासीको कावासोतीमा शुक्रवार दिउंसो खाना पकाउने सिलिण्डर ग्याँस विस्फोट भएको छ ।
कावासोती ८ का कृष्ण गैरेको भान्साकोठामा ग्याँस जोड्ने क्रममा सिलिण्डर विस्फोट भएको हो ।
कालीगण्डकी इन्जरप्राईजेजबाट राजधानी कम्पनीको नयां सिलिण्डर घरमा ल्याएर जडान गरेपछी जाचं गर्नेक्रममा विस्फोट भएको पारिवारिक सा्रेतले जनाएको छ । विस्फोट बाट भान्साकोठाको छानो , भित्ता सामानमा क्षती पुगेको छ ।
विस्फोट पछि राजधानी ग्यासंका प्रतिनिधी आएर घटनाको प्रकृती हेरेर क्षतीपुर्तीको टुङगो लगाउने ग्याँस वितरक संघ नवलपरासीका अध्यक्ष भोलानाथ ढकालले जानकारी दिए ।
Post a Comment