सुनवल । नवलपरासी प्रहरीले नवलपरासीको कावासोतीबाट १ जना र पाल्हीनन्दनबाट १ जना गरी दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार नवलपरासीका पाल्हीनन्दन गाउंपालिका वडा नं. १ महेषपुर चोकमा एक जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।
सिमा प्रहरी चौकी महेषपुरले महेषपुर चोकमा चेकजांच गर्ने क्रममा सरावल गाउंपालिका वडा नं. २ निवासी २५ बर्षीय राजेश चौधरीलाई पक्राउ गरेको हो ।
उनले शरिरमा लागू औषध लुकाई ल्याएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीको शरिर खानतलासी गर्दा उनको साथबाट स्पास्मो प्रोक्सिभन ७८ पिस, नुफिन १ पिस, फेनरागन १ पिस, सेराजिनक १ पिस बरामद गरेको जनाएको छ ।
उनलाई लागू औषध मुद्दामा आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गएराति नवलपुर प्रहरीले कावासोती २ को फलफूल चाकेबाट हुप्सेकोट गाउंपालिका ४ निवासी २० बर्षीय पूर्ण थापालाई लागूऔषध सहित पक्राउ गरेको हो ।
उनले शंकास्पद गतिविधि गरेपछि प्रहरीले चेकजांच गर्ने क्रममा उनको साथबाट लागू औषध समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनको साथबाट नुफिन १५ एम्पुल, फेनारगन १५ एम्पुल र सेरीजेक १५ एम्पुल बरामद गरेको छ । थापालाई लागू औषध बरामद कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Post a Comment