Monday, May 21, 2018

गजल (सरोज उजाड)

गजल
















मै राम्री हुँ कि, मेरो चौबन्दी चोली राम्रो
भन्छन् संगी मेरो रूप अनि बोली राम्रो

काउकुती लाग्छ, अंगअंग भिजाउँदा
मेरो तन हो कि, निर्मल यो खोली राम्रो

अप्सरा झैँ लोभ्याउने रूप मेरो भन्छन्
रेशमी कपाल अनि नजरको गोली राम्रो

सपनाको राजकुमार जन्ती लिई आउँदा
मै राम्री कि, देखिएला मेरो डोली राम्रो

डाहा गर्छन् संगीहरू यो ‘सरू’लाई हेर्दै
देखिँदै छु रे म त आजभन्दा भोलि राम्रो
अमिट स्मृति साहित्य कुञ्ज, पिठौली

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal