Friday, June 30, 2017

सरावलमा फोरम लोकतान्त्रिकको अग्रता

नवलपरासी, १६ असार । नवलपरासीको प्रदेश ५ अन्तरगतको परासी क्षेत्रको सरावल गाउंपालिकामा फोरम लोकतान्त्रिकले अग्रता लिएको छ ।
यहां अध्यक्षमा मधेषी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले १ हजार ६ सय ५७ मत र नेपाली कांग्रेसले एक हजार २ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा फोरम नेपाल लोकतान्त्रिकले १ हजार पांच सय ७७ मत र नेपाली कांग्रेसले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।
यहां वडा नं. ३ को मतगणना जारी रहेको छ । वडा नं. १ मा फोरम नेपाल लोकतान्त्रिकको प्यानल र वडा नं. ७ माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
सरावल गाउंपालिका
अध्यक्ष
फोरम नेपाल लोकतान्त्रिक  १६५७
नेपाली कांग्रेस      १२८६

उपाध्यक्ष
फोरम नेपाल लोकतान्त्रिक   १५७७
नेपाली कांग्रेस       १४१५

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal