Friday, April 15, 2016

१३ बर्षीया बालिकाको सामुहिक बलात्कार गर्ने मुख्य अरोपी पक्राउ

रामकुमार श्रेष्ठ
कावासोती, ३ बैशाख ।
नवलपरासीको कावासोतीका १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका मुख्य योजनाकार कृष्ण महतो पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेशनको क्रममा महतोलाई मोरड्डको विराटनगरबाट शुक्रबार दिउंसो पक्राउ गरेको हो

कावासोती १३ लौखानीका कृष्ण महतोलाई उनको आफन्तको घर विराटनगरमा
लुकिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी
नायव उपरीक्षक परशुराम तिवारीले बताए ।
अन्य दुई जना भने अझ फरार रहेका छन् । पक्राउ परेको महतोलाई शनिबार
कावासोती ल्याउने र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने तिवारीले बताए ।
गत चैत्र १८ गते सांझ १३ बर्षीया बालिकालाई ३ जनाको समूहले सामुहिक रुपमा
बलात्कार गरेको थियो । बालिकाको स्वास्थ्य अझै चिन्ता जनक रहेको छ ।
बलात्कारको घटनाको अभियुक्तहरु विरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी
दिएका दुई साता वित्दा समेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको व्यापक
आलोचना भएको थियो ।
महिला अधिकारकर्मी, आफन्त, स्थानीय बासिन्दा, बालअधिकारकर्मी लगायतले दिनहुँ
जसो आन्दोलन समेत गरेका थिए।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal