समाचार

बिजनेस

शिक्षा

मनोरञ्जन

Monday, May 28, 2018

राष्टपति र प्रधानमन्त्रीको फोटो जोडी अश्लिल स्टाटस अपलोड गर्ने पक्राउ

रामकुमार श्रेष्ठ
नवलपरासी, १४ जेठ ।
राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलको फोटोलाई फोटोसप गरी एक आपसमा अंगालो हालेको फोटोलाई आफ्नो फेसबुकमा शेयर गरी अश्लिल स्टाटस अपलोड गरेको आरोपमा कावासोतीबाट एक जना पक्राउ परेका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार कावासोती १ निवासी २९ बर्षीय सुरज भुसाल जुंगे भन्ने तोयराज भुसाललाई पक्राउ गरेको हो ।
उनलाई कावासोती बजारबाटै पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान व्युरो महाराजगञ्ज काठमाडौं पठाइएको छ ।

Friday, May 25, 2018

लागू औषध सहित दुई जना पक्राउ

संजय तिवारी 

सुनवल । नवलपरासी प्रहरीले नवलपरासीको कावासोतीबाट १ जना र पाल्हीनन्दनबाट १ जना गरी दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार नवलपरासीका पाल्हीनन्दन गाउंपालिका वडा नं. १ महेषपुर चोकमा एक जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।
सिमा प्रहरी चौकी महेषपुरले महेषपुर चोकमा चेकजांच गर्ने क्रममा सरावल गाउंपालिका वडा नं. २ निवासी २५ बर्षीय राजेश चौधरीलाई पक्राउ गरेको हो ।
उनले शरिरमा लागू औषध लुकाई ल्याएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीको शरिर खानतलासी गर्दा उनको साथबाट स्पास्मो प्रोक्सिभन ७८ पिस, नुफिन १ पिस, फेनरागन १ पिस, सेराजिनक १ पिस बरामद गरेको जनाएको छ ।
उनलाई लागू औषध मुद्दामा आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गएराति नवलपुर प्रहरीले कावासोती २ को फलफूल चाकेबाट हुप्सेकोट गाउंपालिका ४ निवासी २० बर्षीय पूर्ण थापालाई लागूऔषध सहित पक्राउ गरेको हो ।
उनले शंकास्पद गतिविधि गरेपछि प्रहरीले चेकजांच गर्ने क्रममा उनको साथबाट लागू औषध समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनको साथबाट नुफिन १५ एम्पुल, फेनारगन १५ एम्पुल र सेरीजेक १५ एम्पुल बरामद गरेको छ । थापालाई लागू औषध बरामद कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट ब्याल्कमेल गर्दै योनसम्पर्कको प्रस्ताव राख्ने पक्राउ

रामकुमार श्रेष्ठ 

नवलपरासी, ११ जेठ । फेसबुकमा नक्कली आइडी बनाइ जसको नामको आइडी छ उसैलाई ब्याल्कमेल गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनवलकी एक महिलाको नाममा फेसबुक आइडी खोली उसको नक्कली अश्लिल तस्वीर राखेर अन्य अश्लिल तस्वीर पनि राखिदिने धम्की दिनेलाई प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिकाबाट पक्राउ गरेको हो ।
गुल्मी जिल्ला कालिगण्डकी गाउपालिका ५ फोक्सीङ घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका ६ मा बस्दै आएका १९ बर्षीय गणेश ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई साईवर क्राईम अन्तर्गत मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका मुद्दा शाखाका प्रहरी नावय निरीक्षक टिकाराम पोख्रेलले बताए ।
ढकालले सामाजिक संजाल फेसबुक मार्फत विभिन्न प्रकारका अश्लिल फोटाहरु अपलोड गरी सम्बन्धित महिलालाई धमकाउने गरे पछि पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन ।
उजुरीका आधारमा ढकाललाई प्रहरीले गिरफतार गरी थप कारवाहीका लागि महानगरिय अपराध महाशाखा टेकु काठमाण्डौ पठाईएको छ ।
१७ बर्षीय युवर्तीलाई ढकालले यौन प्रस्ताव राख्ने, मोबाइलको रिजार्च माग्ने जस्ता मागहरु राख्दै दिनहु दुःख दिन थालेपछि प्रहरीको उजुरी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक विक्रम सिंह धामीले बताए ।

Wednesday, May 23, 2018

नवलपुरमा छिट्टै बालकल्याण समिति गठन हुने

नवलपुर । पूर्वी नवलपरासी अर्थात नवलपुरमा अव छिटै नै जिल्ला बाल कल्याण समितिको समेत गठन गरिने प्रमुख जिल्ला अधिकारी महेश आचार्यले बताउनु भएको छ ।
    बालसंरक्षण घटना व्यवस्थापन तालिम कार्यक्रमको समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले बालकल्याण समिति नवलपुरमा छिट्टै गठन गरिने बताउनुभएको हो ।
उहांले बालबालिकाहरु भनेका बर्तमानका साझेदार र भविष्यका कर्णधारहरु समेत भएको र जनप्रतिनिधीहरु समेत आईसकेको अवस्थामा बाल संरक्षण प्रणालीलाई स्थानीय तहसम्म नै पुर्याउनको लागि समेत यसको आवश्यकतामा जोड दिनुभयो ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी नै बालकल्याण समितिको संयोजक रहने प्रावधान रहेको छ ।
कावासोतीमा सञ्चालन भएको ३ दिने तालिममा नवलपुरका बालअधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुका प्रतिनिधीहरु, स्थानीय तहका महिला तथा बालबालिका शाखाका फोकल पर्सनहरु, जिल्ला बालक्लव सञ्जालका पदाधिकारीहरु, महिला सहकारी, क्रियाशिल पत्रकार महिला समुह लगायतको सहभागिता रहेको थियो ।
तालिममा बालबालिकाहरुमा हुन सक्ने बिभिन्न किसिमका हिंसा, दृव्र्यवहार र जोखीमहरुबाट तत्काल र दिर्घकालसम्म पनि राहत र पुर्नस्थापनाको लागि गरिनुपर्ने बिभिन्न चरणहरु, बालबालिकाहरुको मुद्दामा सञ्चारकर्मी र सञ्चारमध्यमले ध्यान दिनुपर्ने विषयहरु, नवलपरासीमा बालबालिकाहरुको अवस्था र यसको व्यवस्थापन लगायतका विषयमा केन्द्रीय बालकल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति मिठु आचार्य, उर्वरा लुईटेलले सहजीकरण गर्नुभएको थियो ।
आज भएको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुन, गैरसरकारी संस्था महासंघ नवलपरासीका अध्यक्ष बद्रीनाथ नेपाल लगायतले बालअधिकारको पक्षमा आफूहरु लाग्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
समापन कार्यक्रममा २ वर्ष अघि बलात्कारको शिकार हुन पुगेकी कावासोतीकी बालिकालाई शिक्षा, आयआर्जन र अन्य प्रयोजनको लागि केन्द्रीय बाल कल्याण समितिको तर्फबाट दश हजार हजार रुपैयां बालिका अधिकार संरक्षण संघर्ष समितिका अध्यक्ष सरिता लामिछानेलाई हस्तान्तरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका जिल्ला कार्यक्रम संयोजक दिपक शर्माले बताउनुभयो ।

समान मुद्दामा सहकार्य गर्दै नवलपुरका चार नगरपालिका

रामकुमार श्रेष्ठ

नवलपुर । नवलपुर जिल्लाका ४ नगरपालिकाले सबै नगरपालिकासंग मिल्ने समान मुद्दामा सहकार्य गरेर अगाडि बढ्न थालेको छ ।
चार नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको महिनामा एक पटक संयुक्त वैठक बसेर नगरपालिका भित्रका साझा मुद्दा मिलान गर्ने र ति मुद्दामा सहकार्य गरेर अगाडि बढ्ने गरेको छ ।
वैठकले चार वटै नगरपालिकाको फोहोर व्यवस्थापन देखि दमकल, गैडाकोटदेखि त्रिवेणीसम्मको नारायणी कोरिडोर, नगरपालिकाको भित्रको जग्गा कित्ताकाट  प्लटिङ नियन्त्रण, चार नगरपालिकालाई उपयोग हुने गरी भूउपयोग निती जस्तामा समान धारणा बनाएर सहकार्य गर्दै अगाडि बढ्ने निर्णय समेत गरेको छ ।
मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईका अनुसार चार वटै नगरपालिकाले नगरपालिका भित्रको फोहोर व्यवस्थापनका लागि पहिलो बर्ष २५ देखि ५० लाख रुपैयां आगामी आर्थिक बर्षमा विनियोजन गर्ने सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै फोहोर व्यवस्थापनका लागि एउटा उपयुक्त ठाउं खोज्न देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काको संयोजकत्वमा पांच सदस्यीय कार्यदल समेत गठन गरेको छ । जसको सदस्यहरुमा मध्यविन्दु नगरपालिकाका घनश्याम गाहा, देवचुली नगरपालिकाका धु्रव आचार्य, गैडाकोट नगरपालिकाका राजु अर्याल र कावासोती नगरपालिकाका पवन रुपाखेती रहेका छन् ।
स्रोतका अनुसार उक्त कार्यदलले कुनै एक स्थान पहिचान गरी उक्त स्थानमा डंपिङ साइड बनाउनका लागि सिफारिस गर्ने छ।
त्यस्तै कावासोती नगरपालिकाको दमकल ४ वटै नगरपालिकाले प्रयोग गर्ने र त्यसका लागि दमकल व्यवस्थापनमा हुने खर्च कावासोती नगरपालिकाले ४० प्रतिशत र अन्य ३ वटा नगरपालिकाले २०÷२० प्रतिशत हुने गरी रकम उपलब्ध गराउने सहमति पनि भएको छ।
उक्त रकम दमकल व्यवस्थापन कोष स्थापना गरी खर्च गरिने छ। दमकल व्यवस्थापनका लागि संयुक्त कार्यविधि तयार गर्न कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीको संयोजकत्वमा ५ सदस्य कार्यदल बनाइएको छ ।
जसको सदस्यहरुमा देवचुलीका धु्रव आचार्य, मध्यविन्दुको घनश्याम गाहा र गैडाकोटका राजु अर्याल छन् भने सदस्य सविचमा कावासोतीका पवन रुपाखेतीलाई जिम्मा दिइएको छ।
वैठकले कालीगण्डकी कोरिडोरसंग जोड्ने गरी गैडाकोटदेखि त्रिवेणीसम्मको नारायणी करिडोरको वृहत पुर्वाधार निर्माणका लागि संयुक्त सहभागितामा अगाडि बढ्ने र आगामी बर्षमा डि.पि.आर तयार गरी प्रदेश र केन्द्रिय सरकारसंग योजना कार्यान्वयनका लागि माग गर्ने निर्णय समेत गरेको छ।
नारायणीनदीदेखि त्रिवेणीसम्म तिरैतिर करिडोर निर्माणका लागि सहकार्य गर्ने, चार वटै नगरपालिकाले घर निर्माणको एउटै मापदण्ड बनाएर नक्सापासको विधि तय गर्ने लगायतका विषयमा छलफल भएको गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बताए।
वैठकमा ४ वटै नगरपालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो।

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal