Friday, May 25, 2018

फेसबुकबाट ब्याल्कमेल गर्दै योनसम्पर्कको प्रस्ताव राख्ने पक्राउ

रामकुमार श्रेष्ठ 

नवलपरासी, ११ जेठ । फेसबुकमा नक्कली आइडी बनाइ जसको नामको आइडी छ उसैलाई ब्याल्कमेल गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनवलकी एक महिलाको नाममा फेसबुक आइडी खोली उसको नक्कली अश्लिल तस्वीर राखेर अन्य अश्लिल तस्वीर पनि राखिदिने धम्की दिनेलाई प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिकाबाट पक्राउ गरेको हो ।
गुल्मी जिल्ला कालिगण्डकी गाउपालिका ५ फोक्सीङ घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका ६ मा बस्दै आएका १९ बर्षीय गणेश ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई साईवर क्राईम अन्तर्गत मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका मुद्दा शाखाका प्रहरी नावय निरीक्षक टिकाराम पोख्रेलले बताए ।
ढकालले सामाजिक संजाल फेसबुक मार्फत विभिन्न प्रकारका अश्लिल फोटाहरु अपलोड गरी सम्बन्धित महिलालाई धमकाउने गरे पछि पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन ।
उजुरीका आधारमा ढकाललाई प्रहरीले गिरफतार गरी थप कारवाहीका लागि महानगरिय अपराध महाशाखा टेकु काठमाण्डौ पठाईएको छ ।
१७ बर्षीय युवर्तीलाई ढकालले यौन प्रस्ताव राख्ने, मोबाइलको रिजार्च माग्ने जस्ता मागहरु राख्दै दिनहु दुःख दिन थालेपछि प्रहरीको उजुरी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक विक्रम सिंह धामीले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal