विनयी खेलाले जिप बगायो
रामकुमार श्रेष्ठ
कावासोती, १७ साउन । लगातारको बर्षाका कारण नवलपरासीका पहाडी मार्गहरु अवरुद्ध भएका छन् ।
नवलपरासीको दलदले–बुलिङ्गटार, दुम्किबास–सर्दी, झ्यालबास–धौवादी लगायतका भित्री सडकहरु अवरुद्ध भएका छन् ।
लगातारको बर्षाले ठाउँठाउँमा बाटो अवरुद्ध भएको छ भने भित्र बाटोमा पर्ने खोलाहरुमा पानीको सतह बढेका कारण सडक अवरुद्ध भएका हुन् ।
दलदले–बुलिङ्गटार सडक खण्डको ठाउं ठाउंमा पहिरो खसेको छ । जसले गर्दा विगत एक सातादेखि दलदले बुलिङ्गटार सडक खण्डमा सवारी सञ्चालनमा आउन नसकेको डेढगाउँका विरबहादुर विश्वकर्माले बताए ।
दलदले बुलिङ्गटार सडक खण्ड नवलपरासीको पहाडी गाविसहरु अर्खला, बुलिङ्गटार, धौंवादी, डेढगाउ, डाडाझेरी जाने मुख्य सडक भत्किएपछि त्यस क्षेत्रका हजारौं नागरिक प्रभावित भएका छन् ।
बाटो अबरुद्ध हुँदा नवलपरासीको कावासोती, दलदले, नारायणगढ लगायतका बजारहरुसंग पहाडी क्षेत्रका बासिन्दाको सम्पर्क टुटेको छ ।
लेकबेसी यातायात व्यवसायी समिति नवलपरासीका उपाध्यक्ष रेशम सापकोटाले बाटो अबरुद्ध हुँदा नवलपरासीका १७ पहाडी गाविस प्रत्यक्ष प्रभावित भएको बताए ।
त्यस्तै दुम्किबास सर्दी सडक खण्डमा पनि विनयी खोलामा लगातार आएको बाढीले भित्री सडक सञ्चालनमा आउन सकेको छैन । त्यस क्षेत्रको बाटोमा पुलहरु निर्माणाधिन भएको कारण बाढीको समयमा सडक सञ्चालनमा आउन नसकेको हो ।
त्यस्तै झ्यालबासबाट धौवादी पोखरी जाने स
डक खण्ड पनि अवरुद्ध रहेको छ । पहिरोका कारण भित्र सडक अवरुद्ध भएको हो ।
जिल्ला प्राविधिक कार्यालय नवलपरासीका प्रमुख ईन्जिनिएर कृष्णलाल पियाले बाटो खुलाउने पहल भईरहेको बताए । उनले सडकका दर्जनौं ठाउमा पहिरो गएकाले सडक मर्मतमा कठिनाई उत्पन्न भएको बताए । स्काभेटरले काम गर्न सकिरहेको छैंन उनले भने सडकका ठाउठाउमा खसेका ठूला चट्टान हटाउने प्रयास भईरहेको छ । उनका अनुसार पुर्ण रुपमा बाटो सञ्चालन हुन अझैं एक हप्ता लाग्छ ।
सडक अवरुद्ध हुँदा पहाडी क्षेत्रका बासिन्दा सरकारी कामकाजका लागि कावासोती र परासी जानबाट बन्चित भएका छन् ।
त्यसैगरी पहाडी क्षेत्रमा उत्पादिन कृषि सामाग्रहरुलाई बजारसम्म ल्याउन पाएका छैनन् भने बजारबाट अत्यावश्यक खरिद गरेर गाउँ लैजान पाएका छैनन् । विनयी खेलाले जिप बगायो
नवलपरासीको बेनिमणिपुर गाविसको विनयी खोलामा शनिबार एउटा जिप बगाएको छ ।
सर्दीमा रहेको होमसि सिमेन्ट कारखानाको कारखानाबाट दुम्किबासतर्फ आउंदै गर्दा बा १४ च ४२९८ नम्बरको जिप बगाएको हो ।
जिप विनयी खोला तर्ने बेलामा खोलाले बगाएको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।




Post a Comment