Tuesday, September 13, 2016

खसी बोका विक्री तथा संकलन केन्द्र उद्घाटन

कावासोती २८ भदौ ।
नवलपरासीको नयाँ बेलहानी २ तमासपुरमा खसी बोका विक्री तथा संकलन केन्द्र सञ्चालनमा आएको छ ।
तमासपुरमा रहेका बाख्रापालन किसानहरुको बजारलाई ध्यानमा राखी खसी बोका विक्री तथा संकलन केन्द्र खोलिएको हो ।
अरुणज्योति सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो साधारण सभाको अवसरमा विक्री केन्द्रको उद्घाटन गरिएको हो । यहाँ सहकारीमा आवद्ध एक हजार दुई सय ८ घर मध्ये अधिकांशले बाख्रा पालन गरिएको छ ।
यहाँ खसी बोका विक्री केन्द्र खोलिएपछि यहाँका किसानहरुलाई बाख्रा विक्रीका लागि सहज हुने महिला सरकारीका अध्यक्ष धनमाया लामाले बताइन् ।
हेफर इन्टरनेशनल नेपाल, हिमवन्ती नेपाल, नयाँ बेलहानी गाविस लगायतको सहयोगमा साढे ११ लाखको लागतमा विक्री केन्द्रको भवन निर्माण गरिएको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal