Saturday, November 4, 2017

नहरमा भेटिए नवजात शिशु


रामकरण हरिजन

परासी, १८ कात्तिक ।  नवलपरासीको पाल्ही नन्दन गाउंपालिका वडा नं. ४ लुपुरवा स्थित नहरको छेउमा नवजात शिशु फेला परेको छ ।
२ किलो पांच सय ग्रामको नवजात शिशु वालक सोही गाउंकी ४५ बर्षीया महिला ज्ञानमति यादवले खेतमा धान काट्न जांदा आज फेला पारेकी हुन् ।
बालकको अवस्था स्वास्थ्य रहेको र बालक पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको गर्मी विसुनपुरा प्रहरी चौकीका प्रमुख घनश्याम ढकालले बताउनुभयो ।
ढकालले उनको आफन्तको खोजी गरिएको जनाएका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal